logo

सुकुम्वासी नागरिकलाई गास बास र कपासको ब्यवस्था मिलाउन संबिधान सभा सदस्य गुप्ताको माँग

 इसीमाना सम्वाददाता     २०७८ पौष २० गते ०८: ५६ मा प्रकाशित     672   पटक पढिएको

बर्षौदेखी बसोबास गर्दै आएका बिभिन्न स्थानका सुकुम्वासीको समस्या समाधान गर्न संबिधान सभाका सदस्य राजकुमार गुप्ताले माँग गर्नु भएको छ । सुकुम्वासी नागरिकको गास बास र कपासको ब्यवस्था मिलाउने दायित्व राज्यको भएको भन्दै संबिधान सभाका सदस्य गुप्ताले पाँचदलीय गठबन्धनको सरकार सुकुम्वासीलाई यो कठ्याङग्रीदो जाडोमा घरबार बिहिन बनाउन उद्धत रहेको बताउनु भयो ।

 

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुववन मथौलको शान्तिटोलका सुकुम्वासी नागरिकसंगको छलफलको क्रममा उहाँले यस्तो बताउनु भएको हो । 


शान्ति टोलका नागरिकले खनजोत गरेको जमिनमा जिल्ला बन कार्यालय पर्साले तारवार गरि बृक्षारोपण गरिरहेको छ । बनको कामले स्थानीयमा आफू बेघरवार हुने चिन्ता छाएको छ । त्यही चिन्तामा परेका नागरिकसंग संबिधान सभाका सदस्य गुप्ताले छलफल गरेर सुकुम्वासी नागरिकलाई बसोवास र अन्नवाली उब्जनी हुने जमिन नखोस्न  संम्बन्धित निकायसंग आग्रह गर्नु भयो । 


उहाँले बनको जमिनको संरक्षण पनि हुने र सुकुम्वासी जनताको हितमा पनि काम हुने गरि निष्कर्ष निकाल्न स्थानीय नागरिक र जिल्ला बन कार्यालयसंग आग्ह गर्नु भयो । 


स्थानीय जनताको तर्फबाट राजकुमार घिमिरे  र राजु तमाङले बसोवास नभत्काउन र अन्नवाली उत्पादन गर्न दिन माँग गरेका थिए । ०४२ साल देखी बसोबास गरेको करिब १ सय ५० घर परिवार सुकुम्वासीले त आफूले खनजोत गरेको जमिनको पूर्जा आफनो नाममा गरिदिन सरकारसंग माँग गरेका छन । जहिले पनि आशु बगाएर बस्नु पने अवस्था आयो घिमिरेले भने यो देशका नागरिक हौ हामीले मात्र जमिन नपाउने भन्ने छ र भन्दै प्रश्न गरे । 


छलपलमा जिल्ला बन कार्यालयका अधिकृत रेयाज अन्सारी लगायतको टोलीको सहभागिता रहेको थियो । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, सवत यादव,बासुदेव महतो थारु लगायतको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.