logo

समाजवादी पार्टी पर्साको आग्रह घरमै बसौ सरकारी निर्णय पालना गरौ 

      3/23/2020 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

बीरगंज १० चैत ।  विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि सुरक्षित राख्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ ।

समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा जारी प्रेस बिज्ञप्तीमा वर्तमान समयमा कोरोना (कोभिन–१९) भाइरसको संक्रमणले गर्दा उत्पन्न भएको मानवीय संकटको घडीमा यस विपतबाट बच्न नेपाल सरकारले जारी गरेको निर्णय र निर्देशनप्रति समाजवादी पार्टी पर्साले धन्यबाद प्रकट गरेको छ ।

 

विश्वभर आक्रमक रुपमा फैलिरहेको कोरोनाबाट सचेत र सतर्क रहन अतिआवश्यक प्रयोजन बाहेक घरबाहिर ननिस्कन, अनावश्यक भिडभाड नगर्न, मास्क लगाएर मात्रै हिँड्न, हात नमिलाउन, साबुन पानी र सेनिटाइजरले हात सफा राख्नु अहिले सबैको लागि आवश्यक रहेको विज्ञप्तीमा उल्लेख छ ।

 

कोरोना भाइरस जस्तो आपतकालिन अवस्थामा सभा समारोह, बैंठक, भेला गर्न नहुने भएकोले समाजावादी पार्टीद्वारा संचालन गरिएको ‘‘संगठन विस्तार तथा सुदृढिकरण अभियान’’ का साथै अन्य कार्यक्रमहरु समेत स्थगित गरेको र अगामी १७ गतेसम्मका लागि पार्टी कार्यालय बन्द गरिएको जनाएको छ ।

 

कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई जोगाउन सावधानी अपनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.