logo

नेकपा एकिकृत समाजवादी पर्साको शपथ ग्रहण सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ भदौ २६ गते ०४: २५ मा प्रकाशित     876   पटक पढिएको

 

नेकपा एसको पर्सा जिल्ला कमिटीको शपथ ग्रहण बीरगंजमा शनिवार सम्पन्न भएको छ । पार्टीको प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादवले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । 

 


पार्टीलाई बिभाजन गर्ने गरि एमालेकालमै गुटगत गतिविधि संचालनकालागि बनाएको समानान्तर कमिटीलाई नै नेकपा एकिकृत समाजवादी पार्टीको पर्सा जिल्ला कमिटीको रुपमा शपथ ग्रहण गराईको हो ।

 

नेकपाकालामा १ सय ७१ सदस्यीय जिल्ला कमिटीमा नेकपा एमालेका तर्फबाट र नेकपा माओवादीका तर्फबाट ८५ जना सहित १ सय ७१ सदस्यीय कमिटी निर्माण भएको थियो ।

 

०७७ फाल्गुण २३ गते सर्वोच्च अदालतले नेकपा माओवादी र नेकपा एमालेलाई ब्यूत्याएपछि माओवादी तर्फका जिल्ला कमिटीका सचिव सहितका सदस्यहरु माओवादीमै फर्किए ।

 

बाँकी रहे एमाले तर्फका ८५ मध्य जिल्ला कमिटीका १२ जना सदस्यहरुमा मात्रै नेकपा एसमा सहभागि भएका छन । पुरानो कमिटीका १६ जना समानान्तर गतिविधिमा लागेका थिए अहिले उहाँहरुको फर्किनेक्रम जारी रहेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजराले बताउनु भयो । 

पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएकोे सपथ ग्रहण कार्यक्रममा १३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेलाई केपी ओलीले  नीति र सिद्धान्तबाट विचलति भई कम्युनिष्ट आन्दोलनलाई समाप्त पारेको आरोप लगाए ।

शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटीका सदस्य संबिधान सभाका सदस्य बिचारी यादव नेकपा एमालेको प्रचार बिभागका सदस्य अरविन्द सिंहको सहभागिता थिएन । आजै २७ सदस्यीय जिल्ला सचिवालय घोषणा गरिएको छ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.