logo

प्रदेश २ का उर्जामंत्रीको पुख्र्यौली गाउँ भारत  राजस्थानको श्रीमाधोपुरमा खुशीयाली सहित हर्षबढाई

 इसीमाना सम्वाददता     २०७८ सावन ५ गते १२: ५३ मा प्रकाशित     1136   पटक पढिएको

प्रदेश नम्बर २ को उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा ओम प्रकाश शर्माको नियुक्तिले भारत राजस्थानको श्रीमाधोपुरमा खुशीयाली छाएको छ ।

 

भारतीय एक अखवारले खुशीयालीको समाचार प्रकाशमा ल्याएको हो । भारतीय पत्रिकाका अनुसार शर्माको परिवार कर्मकाण्डी ब्राहम्ण पेशामा संलग्न रहेको थियो ।

पूजापाठ गराउने उद्धेश्यले साठी वर्ष अगाडि उनीहरु बीरगज प्रवेश गरेको समाचारमा उल्लेख छ । बीरगंजमा मारवाडी समुदायको सघन बसोबास रहेको छ ।

 

शर्माका परिवारका केही ब्यक्ति अहिले पनि बीरगंजमा मारवाडी समुदायको पुरेतको रुपमा क्रियाशिल रहेका छन । राजस्थानको खाटुश्यामजी श्रीमाधोपुरमा रहेका मंत्री शर्माका भतिजा नरेश रामले आफनो काका करातेको खेलाडी रहेको समेत प्रसंग निकालेका छन ।

 

उनले बीरगंजमा कांग्रेस पार्टीमा लागेर स्थान बनाउदै मंत्री भएको चर्चा समेत गरेका छन । राजस्थानको सीकर जिल्लाको श्रीमाधोपुर गाउँका मुल निवासी शर्मा नेपालको प्रदेश २ को उर्जामंत्री हुदा श्रीमाधोपुरमा हर्ष बढाई समेत भएको छ ।

 

१५ जुलाईमा खाटोश्यामजी डेटलाईन बाट प्रकाशीत समाचारमा शर्मा अहिले पनि आफनो जन्मभूमीसंग जोडिएको उल्लेख छ ।  मंत्री शर्माले समेत आफनो पूख्र्यौली गाउँमा खुशीयाली मनाउनुलाई स्वभाविक मानेका छन । 


भारतीय मूलका भएपनि नेपाल आएपछि नेपालको ऐन कानून पालना गर्दै नेपाल र नेपालीको बृहत्तर हितमा लागेको हुनालेने ओम प्रकाश शर्माले निरन्तर सफलताको शिखर चढेको कुरा उनका पुख्र्यौली गाउँका बासिन्दा बताउँछन । शर्मा बीरगंज महानगरपालिका वडा नं १० का स्थायी बासिन्दा हुन 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.