logo

प्रदेश २ का उर्जामंत्रीको पुख्र्यौली गाउँ भारत  राजस्थानको श्रीमाधोपुरमा खुशीयाली सहित हर्षबढाई

 इसीमाना सम्वाददता     २०७८ सावन ५ गते १२: ५३ मा प्रकाशित     941   पटक पढिएको

प्रदेश नम्बर २ को उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा ओम प्रकाश शर्माको नियुक्तिले भारत राजस्थानको श्रीमाधोपुरमा खुशीयाली छाएको छ ।

 

भारतीय एक अखवारले खुशीयालीको समाचार प्रकाशमा ल्याएको हो । भारतीय पत्रिकाका अनुसार शर्माको परिवार कर्मकाण्डी ब्राहम्ण पेशामा संलग्न रहेको थियो ।

पूजापाठ गराउने उद्धेश्यले साठी वर्ष अगाडि उनीहरु बीरगज प्रवेश गरेको समाचारमा उल्लेख छ । बीरगंजमा मारवाडी समुदायको सघन बसोबास रहेको छ ।

 

शर्माका परिवारका केही ब्यक्ति अहिले पनि बीरगंजमा मारवाडी समुदायको पुरेतको रुपमा क्रियाशिल रहेका छन । राजस्थानको खाटुश्यामजी श्रीमाधोपुरमा रहेका मंत्री शर्माका भतिजा नरेश रामले आफनो काका करातेको खेलाडी रहेको समेत प्रसंग निकालेका छन ।

 

उनले बीरगंजमा कांग्रेस पार्टीमा लागेर स्थान बनाउदै मंत्री भएको चर्चा समेत गरेका छन । राजस्थानको सीकर जिल्लाको श्रीमाधोपुर गाउँका मुल निवासी शर्मा नेपालको प्रदेश २ को उर्जामंत्री हुदा श्रीमाधोपुरमा हर्ष बढाई समेत भएको छ ।

 

१५ जुलाईमा खाटोश्यामजी डेटलाईन बाट प्रकाशीत समाचारमा शर्मा अहिले पनि आफनो जन्मभूमीसंग जोडिएको उल्लेख छ ।  मंत्री शर्माले समेत आफनो पूख्र्यौली गाउँमा खुशीयाली मनाउनुलाई स्वभाविक मानेका छन । 


भारतीय मूलका भएपनि नेपाल आएपछि नेपालको ऐन कानून पालना गर्दै नेपाल र नेपालीको बृहत्तर हितमा लागेको हुनालेने ओम प्रकाश शर्माले निरन्तर सफलताको शिखर चढेको कुरा उनका पुख्र्यौली गाउँका बासिन्दा बताउँछन । शर्मा बीरगंज महानगरपालिका वडा नं १० का स्थायी बासिन्दा हुन 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.