logo

एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट 

      11/8/2017 गते 00 00 मा प्रकाशित     1230   पटक पढिएको

कात्तिक २२ गते । “एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट” भन्ने नाराका साथमा नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवले एक नयाँ किसिमले आज देखि जनताको बिचमा चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको सुरुवात गरेका छन । आज पर्साको सखुवा प्रसौनी गाँउपालिकाको सखुई जमुनियामा भएको घर दैलो कार्यक्रमको क्रममा सो स्थानका जनताले रु एक रुपैया उपाध्यक्ष राज कुमार यादवलाई दिएर एक नँया किसिमले भोट दिने प्रतिबद्धता  व्यक्त गरेका छन । स्थानिय जनताले आफुहरुलाई एक रुपैया दिदै मतदान गर्ने प्रतिबद्धता गरेपछि यादवले जनताले आफुलाई रु एक रुपैया दिएर ऋणी बनाएको बताएका थिए । नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादव जनतामा बिच लोक प्रिय नेता हुन । उनलाई घर दैलो कार्यक्रमको क्रममा स्थानियहरुले फुलमाला सहित स्वागत गरेका थिए । उनि पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार हुन । सो घरदैलो कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ क बाट प्रदेश सभाका उम्मेदवार श्री भगवान गिरीको पनि सहभागिता थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.