logo

एमालेको डुमरवाना र शुकलैयामा जनभेला सम्पन्न

      5/21/2017 गते 00 00 मा प्रकाशित     1512   पटक पढिएको

सिमरा, ७ जेठ
नेकपा (एमाले) को स्थानीय निर्वाचन अभियान अन्तरगत आइतवार जीतपुरसिमरा उपमहानगर वडा नं. १५ को डुमरवाना चौधरीटोल र शुकलैयामा जनभेला सम्पन्न भएको छ । 
डुमरवाना चौधरीटोलमा आयोजित जनभेलालाई सम्वोधन गर्दै एमालेका केन्द्रीय कृषि तथा भूमिसुधार विभागका सदस्य पलट चौधरीले कृषिमा वैज्ञानिकीकरणमार्फत किसानहरुको जीवनस्तरमा परिवर्तन ल्याउने र समग्र विकासमा सुधार ल्याउन सकिने बताए  । एमालेले किसान र मजदुरहरुको पार्टीको रुपमा काम गरिरहेको बताउदै चौधरीले गांऊको विकासका लागि एमालेले जित्न जरुरी रहेको बताए  । 
कार्यक्रममा बोल्दै एमाले जिल्ला सचिवालय सदस्य एवम् सहकारी अभियन्ता डा. कृष्ण पौडेलले पहिलो चरणको स्थानीय निर्वाचनले एमालेलाई सबैभन्दा ठुलो शक्तिको रुपमा स्थापित गरेको बताउदै दोस्रो चरणको निर्वाचनमा थप सफलता हासिल गर्ने बताए  । एमालेलाई हराउनका लागि सत्ताको चरम दुरुपयोग भएको र ठांउठांउमा हिंसा र बल प्रयोगको घटनाको कारण कांग्रेस र माओवादीले केही सिट जितेको डा. पौडेलले बताए  । राष्ट्रियता, व्यवस्थित जनजिविका र समृद्धिका सन्दर्भमा खेलेको भूमिकाको कारण जनताले एमालेप्रति भरोसा गरेको बताउदै डा. पौडेलले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने बताए  । 
एमालेका जेष्ठसदस्य महेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी सदस्य रुपलाल चौधरी, वडा कमिटी अध्यक्ष एवम् वडा नं. १५ का वडाअध्यक्ष उम्मेदवार राजकुमार अर्याल, वडाका उम्मेदवारहरु नारायणदत्त अधिकारी, थलराज न्यौपाने, बालकुमारी चौधरी, नगर कमिटी सदस्यहरु महादेव चौधरी र प्रल्हाद साहलगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
भेलाले भगु चौधरीको अध्यक्षतामा २१ सदस्यीय एमाले चुनाव प्रचार समितिसमेत गठन गरेको छ । 
त्यस्तै आजै १५ नं. वडाको शुकलैयामा पनि एमालेको जनभेला सम्पन्न भएको छ । जेष्ठ नागरिक रामबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश कमिटी सदस्य भरत खडका, जिल्ला सचिवालय सदस्य, सहकारी तथा सामाजिक अयिभन्ता डा. कृष्ण पौडेल, जिल्ला सदस्य एवम् वडा सदस्य उम्मेदवार लक्ष्मी नेपाली, वडाअध्यक्ष उम्मेदवार राजकुमार अर्याल, वडा सदस्य उम्मेदवारहरु नारायणदत्त अधिकारी, थलराज न्यौपाने र बालकुमारी चौधरी, नगर कमिटी सदस्य प्रल्हाद साह, वडा कमिटी उपाध्यक्ष केदार सापकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सीमा ठकुरी र स्वागत नारायण पोखरेलले गर्नुभएको थियो । भेलाले दीपेन्द्र ढकालको नेतृत्वमा २१ सदस्यीय शुकलैया निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.