logo

नेपालीहरूको समस्यामा सहकार्य गरिदिन स्पेनस्थित नेपाली राजदुताबासलाई एनआरएनए म्याड्रिडको  ध्यानकर्षण

      1/7/2021 गते 00 00 मा प्रकाशित     1585   पटक पढिएको

स्पेन संघ क्षेत्रीय समिति म्याड्रिडले स्पेनस्थित नेपाली राजदुताबासलाई सहकार्य गरिदिन ध्यानकर्षण गराएको छ ।

 

एनआरएनए म्याड्रिड अध्यक्ष सुजिल गोलेको नेतृत्वमा गएको टोलीले राजदुत दावाफुटी शेर्पालाई  नेपालीहरुको समस्या सामधानकोलागि ध्यानाकर्षण पत्र बुझाएको हो । 

विगत लामो समय देखि स्पेनमा बसोबास गर्दै आएका नेपाली समुदायहरूको विभिन्न समस्याहरू पहिचान गरि समाधानकालागि सहकार्य गरिदिन ९ बुंदे ध्याकर्षण पत्र बुझाएको गोलेले बताउनु भयो  ।

 

नेपालीहरूको समस्यामा नेपाली राजदुताबासको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा आफूहरुले गरेको गोलेले बताउनु भयो । तर उहाँले दुतावास नेपालीहरुको समस्या प्रति सम्बेदनशील हुन नसकेको भन्दै चित्त दुखाउनु भयो ।  तर राजदुत शेर्पाको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको गोलेको भनाई छ ।

 


उक्त टोलीमा उपस्थित एनआरएनए स्पेनका प्रथम उपाध्यक्ष उत्तर कुमार राईले नेपाल र नेपालीहरूको हितमा नेपाली राजदुताबासले काम गर्दै आएकोमा कोरोनाले गर्दा केहि समय ढिलो भएको हुन सक्छ तर कोरोनाकै समस्या सधै देखाउदै सधै नेपाली दुताबास भाग्न नमिल्ने जिकिर गर्नु भयो । 


ध्यानकर्षण पत्रमा  नेपालीहरुका समस्या र स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन,तथा स्पेनको लगानी नेपाल भित्र्याउने सम्भावनाका बिषयलाई प्रमुख बनाउन भनिएको छ ।

यसैगरी कोरोना महामारीका समयमा नेपालमा रहेका नेपालीहरुका समस्या, परिवार पुनर्मिलन, स्पेनमा बाबु आमालाई भिजिट भिसामा बोलाउदा भिषा नदिने समस्या, दुतावासबाट दिईने कन्सुलर सेवामा सुनिएका जनगुनासोहरु, परिवार पुनर्मिलनका लागि स्पेनिस दुतावास नयाँदिल्लीमा अपोईन्टमेन्ट लिने क्रममा देखिएका समस्याहरु लगायत नेपालीहरुको बाक्लो बस्ति रहेका स्पेनका बिभिन्न शहरहरुमा अबैतनिक बाणिज्यदुत चयनका लगायत अन्य सम्भावनाहरूलाई समेटेर राजदुत दावाफुटी शेर्पालाई ध्यानकर्षण पत्र बुझाएको हो ।

ध्यानकर्षण पत्र बुझ्दै राजदुत शेर्पाले आफुले सक्दो सहयोग, सहकार्य गर्ने  र सकारात्मक रुपमा लिएर सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको  अध्यक्ष गोलेले बताउनु भाये  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.