logo

माल्दिभ्सको आर्किपेलागोबाट भारतीय सेना हटाउने नयाँ राष्ट्रपतिको घोषणा

 इसीमाना सम्वाददाता     २०८० असोज १९ गते ०७: ३५ मा प्रकाशित     739   पटक पढिएको

काठमाण्डौ । माल्दिभ्समा नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुले त्यहाँस्थित भारती सैनिकलाई हटाउने घोषणा गरेका छन्।

माल्दिभ्सको नयाँ नेतृत्वका लागि भएको चुनावअघि नै दुई शक्ति राष्ट्र चीन र भारतबीच तानातानी भएको थियो।


दुई राष्ट्रको तानातानीबीच माल्दिभ्समा चीननिकट मानिने मोइज्जु राष्ट्रपतिमा निर्वाचित भएका थिए।

भारतबाट करिब १२ सय किलोमिटरको दूरीमा ५ लाख जनसंख्यासहितको माल्दिभ्स सुन्दर द्वीपहरुका कारण विश्वप्रसिद्ध छ।

जहाँ नेपाल र भारतसहितका सेलिब्रिटीदेखि सर्वसाधारणसम्म छुट्टी मनाउन पुग्छन्। पर्यटनले प्रसिद्ध यो देश पछिल्लो समय राजनीतिक फेरबदलका कारण चर्चाको शिखरमा छ।

यसैबीच मोइज्जुले राष्ट्रपति भएलगत्तै भारतीय सेनालाई माल्दिभ्सको आर्किपेलागो (द्वीप समूह) बाट हटाउने बताएका हुन्।

भारत र माल्दिभ्सको मित्रता धेरै पुरानो छ। तर अहिले चीन पनि हावी भएपछि माल्दिभ्सका लागि रोचक प्रतिस्पर्धा हुने गरेको छ। भारत पुरानो मित्र भए पनि चीनको पकड बलियो हुन थालेपछि माल्दिभ्ससँगको दूरी बढेको छ।

सन् २०२३ को राष्ट्रपति चुनावमा मोहम्मद सोलिहविरुद्ध मोहम्मद मुइज्जुले दावेदारी पेश गरे। उनले माल्दिभ्सका रहेको भारतीय सेनाको उपस्थितिविरुद्ध ुइन्डिया आउटु को नारा दिएका थिए। त्यसलाई लिएर प्रदर्शन पनि भयो। यो अभियान भारतीय सैनिक रहँदा माल्दिभ्सको सम्प्रभूतमा खतरा पर्ने कुरामा आधारित थियो।

गत शनिबार माल्दिभ्सको राष्ट्रपति चुनावको नतिजा आयो। चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स अर्थात पीपीएमका नेता मोहम्मद मोइज्जुको जित भयो। पीपीएम गठबन्धनलाई चीनसँग निकट सम्बन्ध रहेको दलका रुपमा लिइन्छ।


माल्दिभ्समा के गर्छ भारतीय सेनार ?


भारतले स्वास्थ्य उद्धार र हिन्द महासागरमा समुद्री निगरानीको सहयोगका लागि माल्दिभ्सलाई दुई हेलिकोप्ट र र दुई डोर्नियर डोर्नियर विमान अनुदानमा दिएको थियो। यस समय माल्दिभ्समा तैनाथ ७५ भारतीय सैनिकमा अधिकांश तिनै विमानको रेखदेख र उडानको काममा सक्रिय छन्।

भारतीय सेना लामो समयदेखि माल्दिभ्समा बस्दै आएको छ। भारतीय सैनिक माल्दिभ्स नेशनल डिफेन्स फोर्सका रुपमा काम गर्छन्। उनीहरुको मुख्य काम एक विमान र दुई हेलिकोप्टरलाई साना टापुबाट बिरामीलाई अस्पतालसम्म पुर्‍याउने काममा सघाउनु मात्रै हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.