logo

श्रीलङ्कामा राजापाक्षको पार्टी विजयी,श्रीलङ्काको पुरानो पार्टी क्लीन स्वीप

      8/8/2020 गते 00 00 मा प्रकाशित     2131   पटक पढिएको

श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री मेहन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी)ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको पुर्वानुमान नतिजाभन्दा पनि बढी हो । सर्वेक्षणकर्ताहरुले १३० देखि १३५ सिटसम्म विजयी हुनसक्ने अनुमान गरेका थिए । आयोगले सार्वजनिक गरेको नतिजासँगै सत्तारुढ दल दुईतिहाइ बहुमतसहित संसदमा उपस्थित भएको छ । स

त्तारुढ दलभन्दा धेरै पछाडि रहेको पूर्व राष्ट्रपति सजिथ प्रेमादास नेतृत्वको युनाईटेड पिपल्स फ्रन्टले ४५ जना मात्रै सांसदलाई जिताउन सफल भएको छ । त्यसैगरी अर्को विपक्षी दल आइटिएकेले भने दश सिटमा मात्रै विजयी हासिल गरेको छ ।

 

पूर्व प्रधानमन्त्री रनिल विक्रमादित्यले नेतृत्व गरेको श्रीलङ्काको सर्वाधिक पुरानो पार्टी युनाईटेड नेशनल पार्टीले भने २२५ मध्ये एक ठाउँमा पनि आफ्नो उम्मेदवारलाई जिताउन नसकेर संसदमा शुन्य भएको छ । पछिल्लो नतिजा सार्वजनिक भएसँगै वर्तमान प्रधानमन्त्री महेन्दा राजापाक्षले नै फेरि नयाँ प्रधानमन्त्रीका रूपमा सपथ खाने सम्भावना देखिएको छ । यही हप्ता उहाँले सपथ खाएर अर्को हप्ता मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने अनुमान गरिएको छ ।

 

श्रीलङ्काको संविधान अनुसार मन्त्रीपरिषद् बढीमा ३० जनाको मात्रै गराउन सकिने छ । निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेको केही समयपछि राष्ट्रपति गोटावाया राजापाक्षले सरकार गठनका लागि दुई तिहाइ ल्याएको पार्टीका नेता मेहन्दा राजापाक्षलाई आह्वान गरिसक्नुभएको छ । श्रीलङ्कामा सहोदर दाइ प्रधानमन्त्री र भाइ राष्ट्रपति हुनुभएको छ । श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजापाक्ष परिवारको प्रभाव रहेको छ ।

 

राजपक्ष दाजुभाई विभिन्न विवादमा पनि मुछिदै आउनुभएको छ । गत नोभेम्बरदेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका दाइ राजापाक्षले यसअघि सन् २००५ देखि २०१५ सम्म देशको राष्ट्रपतिका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । श्रीलङ्कामा ठूलो समस्याका रुपमा रहेको तमिल विद्रोहीले मच्चाउदै आएको हिंसालाई त्यतिबेला अन्त्य गराउन राजापाक्ष दाजुभाईको नै भूमिका रहेको ठानिन्छ ।

 

कतिपयले भने तमिल विद्रोह दमनपूर्वक अन्त्य गर्न उहाँहरूले बर्बर सैनिक कारबाही गरेको आरोप पनि लगाउने गरेका छन् । गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबाया राजापाक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता भएका थिए । राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका आधारमा ती अभियोग फिर्ता गरिएको थियो ।

 

उहाँहरूलाई अहिलेको निर्वाचनसँगै प्राप्त व्यापक जनमतका आधारमा केही संवैधानिक व्यवस्थाहरु पनि परिवर्तन गर्न बाटो खुलेको छ । श्रीलङ्कामा कोरोनाभाइरसको महामारी फैलिरहेकै बेला गत बुधबार संसदीय निर्वाचन भएको हो । यसअघि दुई पटक मतदानको मिति तोकेर पनि सारिएको थियो । महामारीका बीचमा भएको निर्वाचनमा पनि झण्डै ७१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिए । श्रीलङ्कामा अहिलेसम्म तीन हजारभन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने कम्तीमा ११ जनाको मृत्यु भएको जनाइएको छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.