logo

श्रीलङ्कामा राजापाक्षको पार्टी विजयी,श्रीलङ्काको पुरानो पार्टी क्लीन स्वीप

      8/8/2020 गते 00 00 मा प्रकाशित     1900   पटक पढिएको

श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री मेहन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी)ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको पुर्वानुमान नतिजाभन्दा पनि बढी हो । सर्वेक्षणकर्ताहरुले १३० देखि १३५ सिटसम्म विजयी हुनसक्ने अनुमान गरेका थिए । आयोगले सार्वजनिक गरेको नतिजासँगै सत्तारुढ दल दुईतिहाइ बहुमतसहित संसदमा उपस्थित भएको छ । स

त्तारुढ दलभन्दा धेरै पछाडि रहेको पूर्व राष्ट्रपति सजिथ प्रेमादास नेतृत्वको युनाईटेड पिपल्स फ्रन्टले ४५ जना मात्रै सांसदलाई जिताउन सफल भएको छ । त्यसैगरी अर्को विपक्षी दल आइटिएकेले भने दश सिटमा मात्रै विजयी हासिल गरेको छ ।

 

पूर्व प्रधानमन्त्री रनिल विक्रमादित्यले नेतृत्व गरेको श्रीलङ्काको सर्वाधिक पुरानो पार्टी युनाईटेड नेशनल पार्टीले भने २२५ मध्ये एक ठाउँमा पनि आफ्नो उम्मेदवारलाई जिताउन नसकेर संसदमा शुन्य भएको छ । पछिल्लो नतिजा सार्वजनिक भएसँगै वर्तमान प्रधानमन्त्री महेन्दा राजापाक्षले नै फेरि नयाँ प्रधानमन्त्रीका रूपमा सपथ खाने सम्भावना देखिएको छ । यही हप्ता उहाँले सपथ खाएर अर्को हप्ता मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने अनुमान गरिएको छ ।

 

श्रीलङ्काको संविधान अनुसार मन्त्रीपरिषद् बढीमा ३० जनाको मात्रै गराउन सकिने छ । निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेको केही समयपछि राष्ट्रपति गोटावाया राजापाक्षले सरकार गठनका लागि दुई तिहाइ ल्याएको पार्टीका नेता मेहन्दा राजापाक्षलाई आह्वान गरिसक्नुभएको छ । श्रीलङ्कामा सहोदर दाइ प्रधानमन्त्री र भाइ राष्ट्रपति हुनुभएको छ । श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजापाक्ष परिवारको प्रभाव रहेको छ ।

 

राजपक्ष दाजुभाई विभिन्न विवादमा पनि मुछिदै आउनुभएको छ । गत नोभेम्बरदेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका दाइ राजापाक्षले यसअघि सन् २००५ देखि २०१५ सम्म देशको राष्ट्रपतिका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । श्रीलङ्कामा ठूलो समस्याका रुपमा रहेको तमिल विद्रोहीले मच्चाउदै आएको हिंसालाई त्यतिबेला अन्त्य गराउन राजापाक्ष दाजुभाईको नै भूमिका रहेको ठानिन्छ ।

 

कतिपयले भने तमिल विद्रोह दमनपूर्वक अन्त्य गर्न उहाँहरूले बर्बर सैनिक कारबाही गरेको आरोप पनि लगाउने गरेका छन् । गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबाया राजापाक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता भएका थिए । राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका आधारमा ती अभियोग फिर्ता गरिएको थियो ।

 

उहाँहरूलाई अहिलेको निर्वाचनसँगै प्राप्त व्यापक जनमतका आधारमा केही संवैधानिक व्यवस्थाहरु पनि परिवर्तन गर्न बाटो खुलेको छ । श्रीलङ्कामा कोरोनाभाइरसको महामारी फैलिरहेकै बेला गत बुधबार संसदीय निर्वाचन भएको हो । यसअघि दुई पटक मतदानको मिति तोकेर पनि सारिएको थियो । महामारीका बीचमा भएको निर्वाचनमा पनि झण्डै ७१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिए । श्रीलङ्कामा अहिलेसम्म तीन हजारभन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने कम्तीमा ११ जनाको मृत्यु भएको जनाइएको छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.