logo

भारतमा अल्पसंख्यकको अधिकारको रक्षा नगरे विभाजन आउन सक्ने ओवामाको टिप्पणी, भाजपा आक्रोशित

 द वायर     २०८० असार १२ गते ०३: ०२ मा प्रकाशित     526   पटक पढिएको

दिल्ली । अमेरिकी राष्ट्रपती जो वाइडेनको निमन्त्रणामा भारतीय प्रधानमंत्री नरेन्द्र मोदी अमेरिकाको राजकीय भ्रमण रहेकै बेलामा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भारतमा अल्पसंख्यकको अधिकारको बिषयमा दिएको अभिब्यक्तिले भारतमा तरंग सृजना  गरेको छ ।

 

भारतीय जनता पार्टीका नेताहरु ओवामाको अभिब्यक्तिका बिरुद्ध खरो आलोचनामा उत्रिएका छन । 

ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए ।


पूर्व राष्ट्रपती ओवामाले मैले प्रधानमन्त्रीसँग संवाद गरेको हुन्थे भने मेरो संवादको अंश यो हुने थियो कि भारतले अल्पसंख्यकको अधिकारको प्रत्याभूति नगरेमा कुनै विन्दुमा पुगेर भारतमा फेरि विभाजन देखिनेछ । तर मलाई थाहा छ यसो भन्नु भारतीय स्वार्थको विपरीत हुनेछ’ भनेका छन ।
पूर्व राष्ट्रपतिको यो अभिब्यक्तिले भारतीय जनता पार्टीलाई आक्रोशित बनाएको छ । भारतको अर्थमंत्री निर्मला सीतारमणले ओवामाको अभिब्यक्तिको आलोचना गरेकी छिन ।

 

उनले जव ओवामा अमेरिकाको राष्ट्रपति थिए ६ भन्दा बढी मुस्लिम बहुल देशमा २६ हजार भन्दा बढी बम हमला गरिएको बताउदै ओवामाको दावीप्रति बिशवास गर्न नसकिने बताइन ।

 

सीतारणले भारतमा धार्मिक स्वतन्त्रता माथि ओवामाको टिप्पणीका बाबजुद अमेरिकासंगको मित्रता महत्वपूर्ण रहेको भन्दै उनले आफूलाई रोकेको बताइएन ।

२२ जुनका दिन भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडनका साथमा संयुक्त पत्रकार सम्मेलन मार्फत भारतमा धर्म, जाति आदिको आधारमा कुनै भेदभाव नरहेको बताएका थिए ।

ओबामाको अभिब्यक्तिको बिरुद्धमा पहिला असमका मुख्यमंत्री हिमंता बिस्वा शर्माले आलोचना गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.