logo

भारतीय राज्य कर्नाटकमा कांग्रेसको भब्य जीत , भाजपा इतरमा उत्साहको संचार

 भारतीय संचारमाध्यम     २०८० बैशाख ३० गते ०९: १२ मा प्रकाशित     583   पटक पढिएको

बैंगलुरु । भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनको २२४ सीटमा भएको मतगणनाको पछिल्लो परिणम आनुसार राज्यमा भारतीय कांग्रेस आईको सरकार बन्ने पक्का भएको छ ।

भारतीय निर्वाचन आयोगका मुताबिक, शनिवार बेलुका साढ़े आठ बजे सम्म २१९ सिटको नतिजा सार्वजनीक भएकोमा १३३ सीटम जीत दर्ज गरेर भारतीय कांग्रेस आई सरकार बनाउने निणार्यक तहमा पुगेको हो । सत्तारुढ भारीय जनतापार्टी ले भो ६३ सिटमा जीत हासिल गरेको छ । मतगणना जारी मध्यका तीन सिटमा २ सिटमा भाजपाले अग्रता लिएका छन ।

 

जनता दल (सेकुलर)ले जम्मा १९ सिटमा जीत हासिल गरेको छ । जनता दलले भने त्रिशंकु धिान सभा बन्ने आश गरेको थियो । अघिल्लो बिधान सभामा जजनता दलले ३७ सिट पाएको थियो । भारतीय कांग्रेस आईको सहयोगमा त्यही पार्टीका एचडी कुमारास्वामी मुख्यमंत्री बनेका थिए ।

पछिल्लो बिधान सभाको तुलनामा यो पटक कांग्रेसले ५६ सिट बढी जितेको छ भने भाजालाई ३९ सिट घाटा लागेको छ । यस अघि कांग्रेसलाई ८० भाजपालाई १०४ सिट प्राप्त भएको थियो ।


भाजपाका पूर्व पूर्व मुख्यमंत्री जगदीश शेट्टार हुबली(धारवाड़ सेंट्रल सीटबाट हारेका छन । स्वास्थ्य मंत्री डॉ. के. सुधाकरले पनि चुनाव जित्न सकेनन । भाजपाका वरिष्ठ नेता वी. सोमन्ना दुई सिटबाट चुनाव लडेका थिए दुबै सिटबाट उनी हारेका छन ।

भाजपाका राष्ट्रीय महासचिव र तमिलनाडुका इन्चार्ज सीटी रवि पनि कांग््ेका उम्मेदवार संग हारेका छन । भाजपा का एक तिहाई भन्दा बढी मंत्रीहरुले हारको सामना गर्नु परेको छ ।

मुख्यमंत्री बसवराज बोम्मईले भने चुनाव जितेका छन।पूर्व प्रधानमंत्री एचडी देवगौड़ाका नाती जेडी (एस) उम्मीदवार निखिल कुमारास्वामीले पनि हारको सामना गर्नु परेको छ । कांग्रेस अध्यक्ष डीके शिवकुमार कनकपुरा विधानसभाबाट भारी मतका साथ बिजयी भएका छन । कांग्रेसका राष्ट्रीय अध्यक्ष मल्लिकार्जुन खड़गेका छोरा प्रियंक खड़गेले पनि पजत निकालेका छन ।

कांग्रेस का पूर्व मुख्यमंत्री सिद्दारमैया वरुणा बिधानसभा क्षेत्र बाट चुनाव जितेका छन । सिद्दारमैया र डीके शिवकुमार कांग्रेस सरकारमा मुख्यमंत्रीका प्रबल दावेदार हुन ।

 

यसैवीच कांग्रेसको कार्नाटक जीतकाृ श्रेय राहुल गांधीको ‘भारत जोड़ो यात्रा’ लाई दिइइएको छ । प्रधानमंत्री नरेन्द्र मोदीले जीतकालागि कांग्रेसलाई बधाई दिएका छन भने कांग्रेस नेता राहुल गाँधीले घृणाको हार प्रेमको जीत भनेका छन ।

 

तृणमूल कांग्रेस प्रमुख ममता बनर्जी,तमिलनाडुका मुख्यमंत्री एमके स्टालिन,जम्मू कश्मीरको पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) को अध्यक्ष महबूबा मुफ्ती,जम्मू कश्मीर नेशनल कॉन्फ्रेंसका उमर अब्दुल्ला ,समाजवादी पार्टीका प्रमुख अखिलेश यादव ,बिहारका मुख्यमंत्री नीतीश कुमार, र माक्र्सवादी कम्युनिष्ट पार्टीका महासचिव महासचिव सीताराम येचुरीले ट्विटर मार्फत जीतकालागि कांग्रेसलाई बधाई दिएका छन । उनीहरुले नकारात्मक साम्प्रदायीकतालाई कर्नाटकका जनताले परास्त गरेको उल्लेख छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.