logo

नेपाली मौलीक बाजामा झुमे बेल्जियमबासी,एकदिने नेपाल मेला सम्पन्न

 केजीन राई     २०८० बैशाख ३ गते ०७: ३९ मा प्रकाशित     881   पटक पढिएको

ब्रसेल्स, । नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवर्द्धन, नेपाली मौलिक खानाको प्रचारप्रसार गर्ने उद्देश्यले बेल्जियमको लुभेन सहरमा शनिबार एक दिने नेपाली मेला सम्पन्न भएको छ ।

340495856_223242216967828_3184879222015134966_n.jpg
गैरआवासीय नेपाली सङ्घ बेल्जियमको आयोजनमा नेपाली मेला सम्पन्न सम्पन्न भएको हो । हरेक वर्ष आयोजना हुने मेलामा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली सङ्घसंस्थाको सहकार्य गर्दै आएका छन ।

341437934_754126589701778_6714547828609163545_n.jpg

‘नेपाल प्रमोसन’अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जियमले जनाएको छ । मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टलहरू प्रदर्शनीमा राखिएको थियो ।

 

मेला सुरु हुनुअघि नेपाली पन्चेबाजा, किरात राईको साकेला सिलीले सहरको मध्यभागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली सङ्घ विश्वकै यूनिक संस्था भएको बताए ।

340795954_2401369036698464_6911491872486688625_n.jpg
कार्यक्रममा प्रमुख अतिथि लुभेन नगरपालिकाका मेयर महमद रिडवानीले नेपाली समुदायले लुभेन सहरमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

blog

उहाँले नेपालमा गएको महाभूकम्पको बेला लुभेनबासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.