logo

पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन स्थगित

      6/11/2020 गते 00 00 मा प्रकाशित     2252   पटक पढिएको

नेपाल पत्रकार महासंघ युरोप शाखाले अनलाइन जुम मार्फत भर्चुअल अनलाइन बैठक मंगलबार विभिन्न प्रस्तावहरुमा ब्यापक छलफल गर्दै सम्पन्न भएको छ । कोरोना कहरमा नेपाली समुदायहरुको दैनिकी जनजीवनमा पर्न गएको कष्ठकर अवस्थालाई मध्यनजर गर्दै राज्यलाई झकझक्याउने उदेश्यका साथ नेपालीहरूको अवस्था र कोरोना भाइरस संग सम्बन्धित सहि सुचना संप्रेषणलाई तिब्रता दिएको थियो ।

महासंघ युरोप शाखाले विश्व भर रहेका पत्रकारहरू संग अन्तर्क्रिया संगै युरोपभर विभिन्न देशहरुमा अप्रिल पहिलो साताबाट सुरु गरेको सिलसीलेबार १८ औ श्रिंखला सम्म आइपुग्दा त्यस भित्र गरिएका गतिविधिहरुका बारेमा भए गरेका कमि कमजोरीलाई समिक्षा गरेको थियो ।

सहभागीहरुले शाखाले यस विषम परिस्थितिमा विभिन्न देशका नेपाली हरुको गतिबिधिहरु जन समक्ष उजागर गरेर संथाको साख राख्न सकेको उल्लेख गर्दै काम गर्दै जादा कमि कमजोडी हरु सच्चाउदै जानुपर्नेमा जोड दिएका थिए । प्राबिधिक रुपमा सहयोग पुर्‍याउनु भएकाले संघका सदस्य रबिचन्द्र भट्टराईलाई विशेष धन्यवाद दिएको थियो ।

स्मारिका प्रकाशनका बिषयमा छलफल गर्दै स्मारिका उप-समितिका का संयोजक तथा संघका सचिब वाई बि गुरुङ र संथाका अध्यक्ष केजिन राईले स्मारिका प्रकाशन सम्मका गतिविधिहरुमा जानकारी गराएका थिए ।

स्मारिका प्रकासन सम्म आइपुग्दा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने बिज्ञापनदाता सुभचिन्तक ,संघसंथाहरुलाई धन्यबाद दिदै उप-समितिका संयोजक वाई बि गुरुङ लगाएत संघका सचिब पेम्बा गेलु शेर्पा र महेश कुमार खाति अनी प्रेम परियार् र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश चाम्लिंगलाई विशेष धन्यबाद दिइएको थियो ।

महासंघ युरोप शाखाको आगामी २४ जुनमा पदावधि सकिने भएकाले कोरोना महामारीका कारण उपयुक्त समय र परिस्थिति नभईन्जेल सम्म म्याद थपिएको जानकारी गराईएको छ भने सामान्य परिस्थिति बनेपछी केन्द्र संग समन्वय गर्दै अगाडी बढ़ने निर्णय गरेको छ ।

विविध प्रस्तावहरूमा तिन जनाले संक्षेपमा शब्द चयन बरिष्ठ उपाध्यक्ष अम्माइले शब्द सच्याउन माग गरेका थिए भने पोर्चुगल शाखा संयोजक तथा महासचिव छन्त्यालले नेपाल देखि शाखा हस्तान्तरण गरेकाहरूको सम्बन्धमा अध्यक्षको पाकेटका मान्छे भनि मिटिङ्गमै उपस्थित पत्रकारहरूलाई बाहिर जानुस् भन्दै गल्तीका पत्रकार नामकरण गरेर अपमान गरेका थिए । अध्यक्ष राईले आगामी बैठकमा अन्य विषय वस्तुमा आवश्यक परे छलफल गरिने बताएका थिए ।

यो अनलाइन बैठकमा दुई तिहाइ कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो जुम भर्चुअल मिटिङ्गमा दुई तिहाई कार्यसमितिका पदाधिकारीहरूको उपस्थितमा बैठक सम्पन्न भएको थियो।
अध्यक्ष- केजिन राई,बेल्जियम बरिष्ठ उपाध्यक्ष डिल्लीराम अमगाई बेल्जियम,उपाध्यक्षद्वय राजकुमार दिक्पाल पोर्चुगलबाट (म्यासेन्जरमा सहमतिमा जनाउनुभएको थियो।

यसैगरी पोर्चुगल शाखाका संयोजक तथा युरोप शाखाका महासचिब योगेन्द्र मिलन छन्त्याल,पोर्चुगल,सचिवहरू द्रोण रिजाल नेदरल्याण्ड,पेम्बा गेलु शेर्पा पोर्चुगल, महेश कुमार खाती डेनमार्क ,वाइ बि गुरुङ पोर्चुगल,कोषाध्यक्ष - तेजबहादुर नेपाली बेल्जियम ।


सदस्यहरुमा विरमान मगर, बेल्जियम,प्रेम परियार,नर्बे ;युवराज फुंयाल, स्विजरल्याण्ड्स ,शेर बहादुर छन्त्याल, बेल्जियम ,गणेश पाण्डे पोर्चुगल ,प्रेम पोमु जर्मनी ,जित गुरुङ बेल्जियम ,राजकुमार थापा पोर्चुगल ,रबिचन्द्र भट्टराई, अस्ट्रिया ,शेरबहादुर परियार पोल्याण्ड ,दीपेन्द्र गजुरेल स्पेन ,सरला कट्टेल नर्बै ,दिनेश गौतम साईप्रस समेतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.