logo

भारतमा संक्रमीतको संख्या बढ्दो ,मर्नेको संख्या पाँच हजार नाघ्यो

      5/30/2020 गते 00 00 मा प्रकाशित     1923   पटक पढिएको

 भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो ।

थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८० हजार ७ सय ९८  पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

 

 पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै भारतमा कुल मृतकको संख्या ५ हजार १ सय ४४ पुगेको छ  ।

 

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ९० हजार ८ सय ५१  जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८४ हजार ७ सय ९२ जना सङ्क्रणमुक्त भएका छन् ।

 

भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइदै लगिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.