logo

अमेरिकामा १७  लाख संक्रमीत १ लाख बढीको ज्यान गयो  ,विश्वको सर्वशक्तिमान राष्ट्र कोरोना बिरुद्ध कडा सघर्षमा 

      5/27/2020 गते 00 00 मा प्रकाशित     2259   पटक पढिएको

नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत फागुनयता करीव तीन महिनाको अवधिमा ज्यान गुमाउनेको संख्या ६ अंकमा उक्लेको हो । विश्वको सुपरपावर अमेरिकामा संक्रमितको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । 

आधिकारिक रूपमा तथ्यांक अपडेट गर्दैआएको न्युजब्रेकका अनुसार गएको जनवरी महिनामा कोभिड(१९) को संक्रमण देखिएयता अमेरिकामा अहिलेसम्म १७ लाख १८ हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस अवधिमा संक्रमित बिरामीहरू मध्ये झण्डै सॉढे ३ लाख व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

 

प्राप्त जानकारी अनुसार क्यालिफोर्नियाको स्थानीय समय बमोजिम  मंगलवारसॉझ सॉढे ५ बजे नेपाली समय बुधवार विहान करीव सॉढे ६ बजे सम्ममा अमेरिकामा कूल १ लाख १ सय जना मानिसको ज्यान गएको छ ।

 

मृत्यु हुनेमा ५० वर्षमाथिको उमेर समूहका महिलाको तुलनामा पुरूषको संख्या उल्लेख्य रहेको बताइएको छ । 

गतवर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तस्थित उहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भइसकेको विश्वभरको कूल संख्याको झण्डै ३५ प्रतिशत मानिस अमेरिकामा मात्रै संक्रमित भएका छन् ।

 

यद्यपि विगत केही दिनयता संक्रमित संख्या तथा मृत्युदरमा भने केही कमी आएको छ । हिजो २४ घण्टाको अवधिमा १ हजार ४ सय १८ जनाको मृत्यु भएकोमा अहिले यो समाचार तयार पार्दासम्म १२ घण्टाभन्दा बढी अवधिमा झण्डै ७ सय जनाको ज्यान गएको छ ।

 

कोरोना भाइरसको संक्रमण फैलिएयता विश्वभर अहिलेसम्म सॉढे तीन लाख बढीको मृत्यु भइसकेको छ भने झण्डै २३ लाख मानिस उपचार पश्चात ठिक भएका छन् । 

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकाको ५० वटा राज्यहरू मध्ये न्युयोर्कमा सवैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

त्यहॉ मृत्यु हुनेको संख्या २९ हजार ३ सयमाथि रहेको छ । यस अवधिमा न्युयोर्कमा मात्रै झण्डै ३ लाख ७० हजार बढी व्यक्ति संक्रमित भएका छन् । 

यता क्यालिफोर्नियामा पनि मृतकको संख्या ३ हजार ८ सय नाघेको छ भने संक्रमितको संख्या समेत बढेर १ लाखको हाराहारीमा पुगेको छ ।

 

वासिगंटन, पेन्सेलभेनिया, न्युजर्सी, मेसीगन, फोलोरिडा लगातका ठॉउहरू समेत कोरोना भाइरसका कारण ज्यादा प्रभावित छन् ।

 

अप्रिल महिनामा भाइरसको संक्रमण उच्च देखिएको अमेरिकामा मे महिना सुरू भएयता नयॉ विरामी तथा मृतकको संख्या पहिलाको अनुपातमा घटिरहेको छ ।

 

अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्सामा कमी आइरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा पोष्ट गरेको सन्देशले समेत यस कुराको उजागर गरेको छ ।

विगतमा दैनिक जसो ३० हजार माथि रहेको संक्रमित संख्यामा समेत पछिल्लो समय निरन्तर ह्रास आइरहेको तथ्यांकले देखाउँछ ।

 

हिजो २४ घण्टाको अवधिमा अमेरिकामा करीव १९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। अघिल्लो दिन समेत सोही हाराहारीमा नयॉ विरामीहरू थपिएका थिए भने आज १२ घण्टा बढीको अवधिमा १८ हजार नयॉ संक्रमित थपिएका छन् । 

स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले कोभिड(१९) बाट उत्पन्न संकटको सामना गरिरहेको अमेरिकामा २ लाख बढीको मृत्यु एवम् दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छ ।

 

राष्ट्रपति ट्रम्पले भने यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरूद्धको भ्याक्सिन तयार हुने बताउँदै आएका छन् । यता कोरोना संक्रमणका कारण आफ्नो देशमा एक लाखसम्म मानिसको ज्यान जानसक्ने ट्रम्पको अनुमानलाई भने आजबाट तथ्यांकले उछिनेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट हालसम्म अमेरिकामा १६ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ ।

 

कोरोना संक्रमणको ठूलो मार खेपिरहेको न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । अहिलेसम्म अमेरिकाभर झण्डै २ हजार नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ । 

विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड(१९ )संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ ।

 

कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् । कोरोना भाइरसको संक्रमणमा केही कमी आउनथालेपछि राष्ट्रपति ट्रम्पको इच्छाबमोजिम केही राज्यहरूमा हिजोबाट चर्च, मस्जिद, सभाघर लगायतका सार्वजनिकस्थलहरू खुल्ला गर्न थालिएको छ ।

यसैगरी शैक्षिक, सार्वजनिक तथा अन्य केही व्यापारिक हबहरू पुन  संचालन गर्नेतर्फ अमेरिकाका विभिन्न राज्यका राज्यसरकारहरू चरणबद्ध योजनामा लागिपरिरहेका छन् । मानिसहरूले निकै त्रासदीपूर्ण जिवन बिताइरहेपनि अमेरिका अहिलेसम्म एशिया र युरोपेली मुलुकमा जस्तो कडा खालको लकडाउनमा पुगेको छैन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.