logo

कोरोनाको कहरमा एनआरएनए पोल्याण्डमा तमासा 

      4/16/2020 गते 00 00 मा प्रकाशित     1607   पटक पढिएको

      
पोल्याण्ड ४ बैशाख     

संसार अहिले  कोरोना(कोभिड १९)को महामारीको कहालीलाग्दो अवस्थामा छ ।विश्वका विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समितिहरु आफ्नो सम्पूर्ण शक्ति सो देशमा रहेका नेपालीहरुलाई सम्भव भएका सहयोग गर्न लगाइरहेका छन् तर यस्तो संवेदनशील समयमा   एनआरएनए पोल्याण्डमा आन्तरिक शक्ति संघर्षको तमासा देखिएको छ ।युवा संयोजक भीम परियारको निलम्बन संगै यो सतहमा आएको हो ।

एनआरएनए पोल्याण्ड अध्यक्ष नरेश  सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा  परियारलाई  युवा संयोजकको पदबाट निलम्बन गरिएको उल्लेख छ।

 

परियारलाई संस्थाको हितविपरीत लगातार लागेको, पदको दुरुपयोग गरेको,सिङ्गो कार्यसमितिको अपमान गरेको,संस्थामा कुनै छलफल नै नगरी अरु कसैको निर्देशन मा संस्थाको गरिमा गिराउने गतिविधि गरेको,अध्यक्षलाई पदबाट हटाउन हस्ताक्षर संकलनमा संलग्न भएको,अहिलेको कोरोना भाइरसको महामारीको समयमा कार्यसमितिमा कुनै छलफल नै नगरी पोल्याण्डमा रहेका नेपालीहरुको तथ्यांक संकलन जस्तो संवेदनशील र जटिल विषय झिकेर विवाद निम्ताएको लगायतका गम्भीर आरोपहरु लगाइएको छ।साथै विज्ञप्तिमा कार्यसमितिको बैठकले अनुशासन समिति निर्माण गर्ने र त्यसले बुझाएको प्रतिवेदनका  आधारमा अन्तिम टुङ्गो लगाइने उल्लेख छ । परियारले भने संस्थागत नभइ अध्यक्षको रुचीका आधारमा बिज्ञप्ति आएको टिप्पणी गर्नु भएको छ । 


अध्यक्षले महाधिवेशन बाट निर्वाचित युवा संयोजकलाई संस्थागत छलफल नै नगरी व्यक्तिगतरुपमा निलम्बन घोषणा गरेको हुँदा यो विधान विपरित रहेको बताउनु भयो 

के हो त विवादित चुरो ?

एनआरएनए पोल्याण्डमा बारम्बार विवादका विषयहरु आउने क्रममा पछिल्लो श्रृङ्खलाको रुपमा यहाँ रहेका नेपालीहरुको तथ्यांक संकलनको विषय देखिएकोछ ।

एनआरएनए आइसिसी सदस्य डाक्टर बोधराज सुवेदीद्धारा  उद्घाटन गरिएको भन्दै युवा संयोजक भीम परियारले ०६,अप्रिल देखि २०अप्रिल २०२० सम्मको समय सिमा तोकेर पोल्याण्डमा रहेका नेपालीहरुको व्यक्तिगत विवरण (तथ्यांक संकलन) अनलाइन मार्फत माग गरिएको थियो।

 

त्यस्को दुई दिन पछाडि ०८ अप्रिलका दिन तथ्यांक संकलनको विषयमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको र यो संस्थाले नगरेको र कसैले पनि आफ्नो व्यक्तिगत विवरण नदिन र यदि कसैको विवरण दुरुपयोग भएमा जिम्मेवार नहुने भन्दै एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटा र महासचिव कविन्द्र सुवेदीले  विज्ञप्ति जारी गरेका थिए। 

उक्त विज्ञप्तिको  सामाजिक सञ्जाल मार्फत  युवा संयोजक परियारले युथ फोरमले सुरु गरेको तथ्यांक संकलन निरन्तर जारी रहने र आएको प्रेस विज्ञप्ति आधिकारिक नभएको प्रतिक्रिया दिनु भएको थियो ।  जसको कारण यहाँ रहेका नेपाली समुदायमा द्विविधा उत्पन्न भएको भन्दै तीव्र आक्रोश उत्पन्न भएको थियो ।

पछि १० अप्रिल मा संयोजक परियार ले प्रेस विज्ञप्ति जारी गर्दै तथ्यांक संकलन स्थगित गर्नु भएको थियो।

यस विषयमा टेलिफोनमा प्रतिक्रिया दिदै  एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष तथा आइसिसी सदस्य डाक्टर बोधराज सुवेदीले आफुले युवा संयोजकले कोरोनाको वर्तमान जटिल परिस्थितिमा यहाँ रहेका नेपालीहरुको अबस्थाको जानकारीका लागि तथ्यांक लिनु राम्रो भनेको स्वीकार गर्नु भयो । उहाँले बिवादलाई आपसी छलफलका आधारमा समाधान गर्नु पर्ने बताउनु भयो ।

 प्रवासी नेपाली एकता मञ्च,पोल्याण्डका अध्यक्ष टंक कट्वाल यो तथ्यांक संकलनको विषय कानुनी र जटिल विषय भएको कारणले गर्दा यसलाई  हल्का रुपमा लिनु गलत हुने बताउनु हुन्छ ।  तथ्यांक संकलनलाई बिवादको चुरो मानिए पनि संगठनलाई जनसम्र्पक समितिको भातृसंस्था बनानउ खोज्दा बिवाद बढेको हो ।


साझा संस्था हुनुको नाताले एनआरएनएले यहाँ रहेका सम्पूर्ण क्रियाशील संघसंस्था संग हातेमालो गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आम नेपालीहरुको धारणा रहेको छ । तर जनसम्पर्क समिति,पोल्याण्डका महासचिव नारायण चालिसे भने  बिवाद   एनआरएनएको आन्तरिक विषय भएको भन्दै अन्य प्रतिक्रिया  दिन इच्छुक हुनुहुन्न ।
यो बिवाद नआरएनए,पोल्याण्ड नेपाली जनसम्र्पक समितिको आन्तरिक शक्ति संघर्षको शिकार भएको एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन । एनआरएनए सल्लाहकार समिति चयनमा आफु अनुकुल नभएको ठान्नेहरुले अहिलेको नेतृत्व बिसथापन गर्ने सम्मको चलखेल गरेको बताइएको छ । तर एनआरएनए,पोल्याण्ड लाई यसको उद्देश्य अनुसारको साझा संस्थाको रुपमा निर्माण गर्नु पर्ने आवाज पनि गम्भिर रुपमा उठ्न थालेको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.