logo

बिदेशमा समाजको एकता, सदभाव र सहयोगको परम्परा बिकासकालागि गजुरेलको उम्मेदवारी मतदानकालागि सबैमा अपिल

 मनिषा लामिछाने, स्पेन      २०७८ सावन १ गते ०९: १३ मा प्रकाशित     2042   पटक पढिएको

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिनु भएको छ  ।

 

उहाँ हाल पत्रकार महासंघ यूरोपको उपाध्यक्ष समेत रहनु भएको छ । गजुरेलको पुर्खौली थलो नुवाकोट हो भने काठमाडौं गोठाटारमा स्थायी बसोबास रहेको छ  ।

 

विगत ६वर्ष देखि स्पेनमा बसोबास गर्दै आउनु भएका गजुरेलले नेपालमा हुँदा एभिन्युज टिभी, हिमालय टिभी, न्युज २४ टिभी, माउण्टेन टिभी, आर्थिक अभियान राष्ट्रिय दैनिक, नेपाल समाचारपत्र दैनिक लगायत विभिन्न एफएम रेडियो तथा स्थानीय पत्रिकाहरु संलग्न रहेर संचारकर्ममा क्रियाशिल रहनु भएको थियो ।

 

 स्पेनमा रहेका नेपालीहरुको समस्या र अधिकारका लागि खबरदारी गर्दै निरन्तर कलम चलाईरहनु भएको छ । विदेशी भूमीमा पनि उहाँले नेपाली बीचको एकता र अधिकारका लागि सक्रिय रुपमा काम गरिरहनु भएको छ ।

 

एनआरएनए स्पेनलाई राजनीतिक दुष्चक्रको प्रभावबाट मुक्त पार्ने उद्धेश्य सहित गजुरेलले समाजको एकता सदभाव र सहयोगको परम्परा बिकासकालागि उम्मेदवारी दिएको बताउनु भएको छ ।

 

उहाँले  नेपालमा रहँदा पनि विभिन्न समाजिक संघ संस्थामा रहि निस्वार्थ भावनाले सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु भएको थियो ।  पत्रकारिता पेशामा कलम चलाउँदैै आउनु भएका गजुरेलले  स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि सामाजिक काममा अग्रणी भुमिका निर्वाह गरिरहनु भएको छ ।

 

उहाँले एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । एनआरएन समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उहाँले आफूले सिङ्गो टिमसँग मिलेर स्पेनमा बसोबास गर्दै आइरहेका नयाँ नेपाली पुस्ताका लागि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो  ।

 

गजुरेलले आगामी जुलाई २६ तारिकमा अनलाइन माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा युवा संयोजक खुल्ला पदमा आफूलाई मतदान गरी आफूले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलिदिन पनि आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.