logo

अध्यक्ष सापकोटाको चरम गुटबन्दीका कारण एनआरएनए स्पेन धरापमा पर्ने संकेत

      3/3/2018 गते 00 00 मा प्रकाशित     2767   पटक पढिएको

स्पेन, १९ फागुन । 
गैरआवाशिय नेपाली संघ राष्ट्रिय समन्वयन समिति स्पेनका अध्यक्ष चिन्तामण्णी सापकोटाको राजनीतिक गुटबन्दीका कारण धरापमा परेको छ ।

 

संघको नेतृत्व समाले देखि काम भन्दा गुटबन्दी तथा एनआरएनएको ग्रुपमा हाई हेलो, के छ खबर  बधाई तथा शुभकामना र चियाकफि गफले गर्दा काम गर्ने अन्य पदाधिकारीहरु समेत अध्यक्षको कार्यशैली तथा गतिविधिबाट रुष्ट बन्दै गएकाछन् । 


स्पेनभरी रहेका विभिन्न नेपालीहरुलाई झुटो आश्वासन दिदै गुटबन्दी गर्नका लागि समुह बनाउदै हिड्ने गरेको गुनासो बढदो छ । सामाजिक संस्थामा राजनीतिकरण नगर्ने भन्दै निर्वाचन अगाडि गरेका प्रतिबद्धताहरुलाई धोती लगाउदै विधान,बिपरित आफ्नो झोला बोक्ने समुहका ब्यत्तिहरुलाई एनआरएनएमा मनोपली ढंगबाट  मनोनित गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । 

 


एनआरएनए स्पेनको पुर्ण बैठक नै नबसि कार्यसमिति चयन गरिएकोमा संस्थाका पदाधिकारीहरुले । संघमा आउदा ल्याईएका घोषणापत्र तथा प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्नको साटो गुटबन्दी तथा आफ्नो मागीखाने भाडो बनाउने गरेको भन्दै आजभोली सामाजिक संञ्चालमा ब्यङ्य सहित विरोधहरु ब्यापक हुने गरेको छ ।

 

संघको नेतृत्वमा आएको नौ महिना वितिसक्दा समेत अध्यक्ष सापकोटाले न एनआरएनएको कार्यालय नविकरण प्रकृयामा लगेका छन् न त कार्यालयलाई ब्यवस्थित बनाउन सकेकाछन् । एनआरएनए स्पेनको नेतृत्व समाले देखि खादा र सम्मान तथा चियाकफि गफ बाहेक केहि ठोस काम हुन नसकेकोमा विरोधका आवाजहरुले कफिगफमा प्राथमिकता पाएको छ ।

 


एनआरएनए स्पेनले हालै सल्लाहाकार तथा नेपाली दुताबासमा हेल्प डेक्स राख्ने भन्दै अध्यक्षले आफु खुशि आफ्ना झोला बोकाउन योग्य ब्यतिहरुलाई मनोनित गरेकोमा चर्को विरोध कार्यसमितिभित्र समेत भैरहेको श्रोतले बतायो ।

 

एनआरएनए युरोप उप संयोजक एकराज गिरी समेत म्याड्रिडमा नै विगत केहि समय देखि स्थाई बसोबास गर्दै आएको भएता पनि पुर्ण रुपमा उपसंयोजकलाई र क्षेत्रिय समिति म्याड्रिडलाई समेत पाखा लगाउदै आफ्नो संम्योजकत्वमा कमिटि गठन गरेका छन् ।

 

एनआरएन स्पेनको कार्यालय बार्सिलोनामा भएकाले नेपाली राजदुताबासलाई प्रत्यक्ष सहयोग एनआरएनए क्षेत्रिय समिति तथा युरोप उपसंयोजकले कार्यालय ब्यवस्थापन देखि कार्यालय खोज्न समन्वयन भुमिका खेलेका एनआरएनएका प्रतिनिधिहरुलाई आफ्नो गुटका नभएको भन्दै पाखा लगाईएकोमा चर्को विरोधहरु भैरहेको छ । 
 नेपाली राजदुताबास म्याड्रिडमा स्थापना तथा ब्यवस्थापनमा अहोरात्र लागेर ब्यवस्थापनमा भुमिका निर्वाह गर्नेहरु म्याड्रिड बस्ने र दैनिक दुताबास संग समन्वयन हुने हुदा बार्सिलोना बस्ने अध्यक्ष सापकोटा पछाडी परिने हो कि भन्ने डरले क्षेत्रीय समितिहरुलाई वेवास्ता गरिरहेका छन । 

 


  
अध्यक्ष सापकोटाले बाटोमा हिड्दा तपाईलाई ल्याउन लागेको साथिहरुले विरोध गरे मैले ल्याउन लागेको के गर्नु काम गर्न दिएनन् भन्दै झुटो बोल्ने गरेका छन । एनआरएनए स्पेनको कार्यशैली संन्तोषजनक नभएका कारण पौष २४ अर्थात जनवरी ८ मा बार्सिलोनामा कामको शिलशिलामा हृदयघात भई मृत्यु बरण गरेका लम्जुङ्ग स्थाई घर भएका २७ वर्षे अमरजङ्ग गुरुङको परिवार समेत स्पेन आउन सकेनन् ।

 

मृतक गुरुङको परिवार ल्याउन गुरुङ्ग समाजले एनआरएनएलाई झक्कझकाएको भएता पनि एनआरएनए नविकरण नभएका कारण देखि अध्यक्षको गुटबन्दीका कारण नेपालबाट कोहि पनि गुरुङ्गको अन्तिम पार्थिब शरीरलाई लैजानका लागि स्पेन आउन सकेनन् । 

 


गुरुङ्ग समाजले सामाजिक संस्था एनआरएनएले सकारात्मक भुमिका खेलिदिन आग्रह गरेको भएता पनि गुटबन्दीका कारण बार्सिलोनामा आयोजित अन्तिम श्राद्धाञ्जली कार्यक्रमको सुचना समेत अबेर गरी राति एघार बजे मात्र एनआरएनएबाट जारी गरिएकोमा बार्सिलोनाका सबै नेपालीहरु ढिलो सूचना जारि भएको भन्दै रोष ब्यक्त गरेका थिए । ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरको कार्यालयमा आगलागीका कारण शैक्षिक फाइल नष्ट, विद्यालयहरूलाई पुनः कागजात बुझाउन आग्रह

कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.