logo

सिरियाली सरकारले शान्ति वार्तामा सहभागिता जनाउँछ: राष्ट्रसङ्घ प्रतिनिधि

      11/29/2017 गते 00 00 मा प्रकाशित     1595   पटक पढिएको


जेनेभा, १२ मङसिर (रासस/सिन्ह्वा): संयुक्त राष्ट्रसंघको पहलमा स्वीट्जरल्याण्डको जेनेभामा हुन लागेको आठौँ चरणको वार्तामा सहभागिता जनाउन सिरियाली राष्ट्रपति बसर अल असदको नेतृत्वको सरकारको प्रतिनिधित्व गर्दै एक प्रतिनिधिमण्डल बुधबार जेनेभा आइपुग्ने राष्ट्रसंघका अधिकारीले मङ्गलबार जनाएका छन् । 

जेनेभास्थित राष्ट्रसंघको सूचना विभागका निर्देशक अलेसान्द्रा भेलुक्सीले शान्तिवार्ता जानकारी गराउन पत्रकारसँग गरेको संक्षिप्त भेटघाटमा मङ्गलबार शुरु हुने गरी तय भएको कार्यक्रममा उनीहरू उपस्थित नभएपनि एक दिन ढिलो गरी सहभागिताका लागि आउने जानकारी सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्टेफेन डे मिस्टुरालाई प्राप्त भएको बताउनुभयो । 

सिरियाली विपक्षीहरूको प्रतिनिधिमण्डल भने जेनेभा आएसकेको मिस्टुराले जनाउनुभयो । 

यही सोमबार मिस्टुराले सरकारीपक्षले वार्तामा सहभागिता जनाउने कुनै प्रतिवद्धता नआउको बताउनुभएको थियो । उहाँले दुवै पक्षलाई वार्ताका लागि खबर गरिए पनि सरकारबाट वार्तामा सहभागिता जनाउने वा नजनाउने केही जवाफ दिएको थिएन । 

उहाँले ‘वास्तविक वाता र असली कुटनिति’का लागि दुवै समूहलाई वार्तामा बोलाइएको बताउनुभयो । 

राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि सवै सिरियाली पक्षलाई सक्रिय उपस्थिति जनाउन अनुरोध गरिसकेको छ ।  
सन् २०११ मा शुरु भएको सिरिया युद्धका कारण तीन लाख ३० हजार सिरियालीले ज्यान गुमाएका छन् भने मुलुकको झण्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.