logo

जिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ

      11/29/2017 गते 00 00 मा प्रकाशित     2064   पटक पढिएको


काएरो, इजिप्ट, १२ मङसिर (रासस/सिन्ह्वा): इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ ।  

गत शुक्रबार उत्तरी सिनाइ राज्यको एक गाउँमा ३०५ जनाको ज्यान जाने गरी विस्फोट गराएपछि सञ्चालन गरिएको सुरक्षा कारबाहीमा आतङ्ककारीले आश्रयस्थल बनाई बसेको क्षेत्रबाट ठूलो पैमानामा हतियार, विष्फोटक पदार्थ तथा बन्दोबस्तीका सामग्रीलाई नियन्त्रणमा लिइएको बताइएको छ । उक्त आक्रमणमा १२८ जना घाइते भएका थिए । 

गृह मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिनाइ तथा इश्मालिया राज्यमा गरिएको खानतलासीमा ११ जना सशस्त्र विद्रोहीको मृत्यु भएको छ । त्यसैगरी देशका अन्य भागमा अन्य तीन जनाको मृत्यु भएको छ । उक्त अभियानमा १४ जना विद्रोहीलाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।” 

विद्रोहीले राज्य विरुद्ध आक्रामक हिंसाको तयारी गरेको उक्त आश्रयस्थललाई सेनाले ध्वस्त पारिदिएको दावी गरेको छ । शुक्रबारको आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि सरकारले इश्लामिक स्टेटसँग निकट सिनाइस्थित क्षेत्रीय आतङ्कवादी समूह नै घटनाको योजनाकार रहेको बताउदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.