राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह
11/17/2017 गते 00 00 मा प्रकाशित
1494 पटक पढिएको
हरारे, १ मङ्सिर (रासस÷एएफपी) : जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ ।
लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहनुभएको छ । उहाँले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ ।
यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उहाँलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उहाँकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ ।
हाल सेनाको नजरबन्दमा रहनुभएको उहाँ जिम्बावेमा लामो समयदेखि शक्तिमा हुनुहुनछ । उहाँ ९३ बर्षका हुनुहुन्छ । त्यसो त उहाँले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गर्नुभएको छ ।
सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । तर उहाँले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु भने बिहीबार नै बाहिर आएका छन् ।
जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् ।
राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उहाँले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ तर पनि उहाँ एक हिसाबले शान्तजस्तै हुनुहुन्छ । उहाँले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिनुभएको छैन ।
उहाँले राजिनामा दिनमा नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
उता केही अफ्रिकी मुलुकहरुका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया