logo

ट्रम्पले युद्ध शुरु गरे, अब अमेरिकामाथि आगो बर्सिन्छ : उत्तर कोरिया

      10/12/2017 गते 00 00 मा प्रकाशित     1144   पटक पढिएको

काठमाडौं, २६ असोज :

                              अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धको शुरुवात गरेको र अब अमेरिकामाथि आगो बर्सिने उत्तर कोरियाले बयान दिएको छ ।

                               उत्तरका विदेशमन्त्री रि योङ होले रुसी समाचार संस्था ताससँग कुरा गर्दै यो चेतावनी दिएका हुन् । उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम लगातार चलाइरहँदा अमेरिकासँग उसको तनाव बढ्दै गइरहेको छ ।

ताससँग कुरा गर्दै योङले भने, ‘हाम्रो आणविक कार्यक्रमले यस क्षेत्रमा शान्ति र सुरक्षाको ग्यारेन्टी गरेको छ र यसमाथि आपत्ति उठाइरहनुपर्दैन ।’

                            यस वर्षमात्रै उत्तरले अहिलेसम्म १५ वटा परीक्षण गरिसकेको छ । उसले कुल २२ क्षेप्यास्त्र प्रहार गरेको छ जसमध्ये दुईवटा जापानमाथिबाट गुज्रेका थिए । अमेरिकामाथि आक्रमणका लागि आफूले हतियार कार्यक्रम अघि बढाएको उत्तर कोरियाले दाबी गर्दै आएको छ ।

                          योङले थपे, ‘संयुक्त राष्ट्रसंघमा ट्रम्पले निहुँ खोज्ने र पागलपनले भरिएको बयान दिएर हामीमाथि युद्ध शुरु गरिसकेका छन् । तर अन्तिम प्रहार हामीले नै गर्ने हो । हामी शाब्दिक आक्रमणभन्दा पनि अमेरिकामाथि आगो बर्साएर हमला गर्छौं ।’ यसअघि योङले ट्रम्पलाई दुष्ट राष्ट्रपति भनेका थिए ।

                        उनले भने, ‘हामी अन्तिम आक्रमण गर्ने तयारीमा छौं । त्यसपछि हामी अमेरिकासँग शक्ति सन्तुलन गर्छौं । हामी आणविक हतियार छोड्न तयार छैनौं । अब कुराकानी हैन, युद्धबाट नै समाधान निस्कन्छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.