logo

विजय माल्या लण्डनमा परे पक्राउ, 'किंग अफ गुड टाइम्स' को जीवनमा जब किंङ फिसरले ल्यायो टुइस्ट

      4/18/2017 गते 00 00 मा प्रकाशित     1935   पटक पढिएको

नयाँ दिल्ली । १३ महिनादेखि फरार रहेका भारतीय चर्चित व्यवसायी विजय माल्या मंगलबार लण्डनमा पक्राउ परेका छन्। मदिरा व्यवसायी माल्या भारतीय बैकहरुको ठूला 'डिफल्टर' हुन्।

माल्याले भारतीय १७ बैंकको करिव ९० अर्ब भारु ऋण तिर्न बाँकी छ। गत बर्षको मार्चबाट उनी भारत छोडेर हिँडेका थिए। लण्डनमा पक्राउ परेलगत्तै भारत सरकारले सुपुर्दगी गर्न माग गरेको छ।
 
उनलाई विश्वले 'किंग अफ गुड टाइम्स' भनेर चिन्छ। विदेश जान समेत प्रतिवन्ध लाग्ने भएपछि उनी भारत छाडेर तेस्रो मुलुक भागिरहेका थिए। आखिरमा उनी १३ महिनापछि पक्राउ परे।
 
यस्तो छ माल्याको कथा
सन् १९८३ मा विजय माल्या जम्मा २७ वर्षका मात्रै थिए। मदिरा कारोवारी उनका पिता भिट्टल माल्याको हर्टअट्याकबाट निधन भयो। पिताको मृत्युको एक सातापछि युवी समूहका सेयरधनीले विजय माल्यालाई कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनायो।
 
यही वर्ष भारतले अर्थतन्त्र केही खुला बनायो। त्यसको सिधा असर मदिराको बिक्रीमा पर्योव। विजय माल्याले नेतृत्व गर्ने कम्पनी युवी समूहको युनाइटेड स्प्रिट्सको कारोवार पनि बढ्न थाल्यो। माल्यासँग व्यापार गर्ने वंशाणुगत गुण आएको थियो। उनले युनाइटेड स्प्रिट्सको कारोवारलाई बढाउन थाले।
 
मदिरा कम्पनीका लागि मार्केटिङ एउटा सशक्त हतियार थियो। माल्या भारतका राम्रा विजनेश स्कुलमा आफै गए। त्यहाँका सबैभन्दा स्मार्ट युवा आफ्ना कम्पनीका लागि छान्न थाले। ती युवा युनाइटेड स्प्रिटका लागि मार्केटिङ रणनीति बनाउँथे। उनीहरु नयाँ सञ्चार माध्यममार्फत बेस्सरी आफ्ना उत्पादनको मार्केटिङ गर्थे।
 
भारतमा भरखर केवल टिभी सुरु भएको थियो। त्यसको राम्रो फाइदा समेत युवीले लियो। एक दिन एउटा पार्टीमा माल्याको अमेरिकी अभिनेतासँग भेट भयो।
 
युवी लिमिटेडका तत्कालिन निर्देशक कल्याण गाँगुलीका अनुसार माल्याले उनलाई बोलाएर भने,  यो सुन्दर देखिने व्याक्तिलाई यहाँ सबैले हेरिरहेका छन्,  हामी यसलाई हाम्रो ब्राण्ड एम्बेस्डर किन नबनाउने।
 
अमेरिकी कलाकार राँन मास भारतमा हेरिने टिभीमा देखाइने लोकप्रिय सिरियल 'द बोल्ड एण्ड व्युटिफुल'मा रिज फोष्टरको भुमिकामा थिए। छिट्टै राँन मास भारतीय शहरमा किंगफिशरको विज्ञापनमा देखिन थाले।
 
तर राँन मास मात्रै होइन माल्या आफै पनि कम्पनीका लागि छवि बने ।
 
माल्याको छवि
रेव्यान चस्मा, महँगा गहना लगाउने माल्या स्पिडबोटमा सुन्दर युवतीहरुसँग देखिन थाले। बलिउडका नायिका, सुपरमोडल र व्यापारिक दुनियाँका सुन्दरीहरु उनका भिआइपी पार्टीका सदस्यहरु हुन थाले।
 
उनीहरुसँग किस गर्दै गरेको, आलिशान जीवन विताइरहेको माल्याको यो छवि सबै भारतीयको दिमागमा बस्न थाल्यो।
 
माल्यासँग कयौं आलिशान बंगलाहरु छन्। त्यसमध्ये एउटा हो न्युयोर्क सिटीमा भएको ट्रंपटावरको घर। त्यसबाहेक उनीसँग फ्रान्सको रिविएरा तथा दक्षिण अफ्रिका तथा गोवामा पनि अलिशान बंगलाहरु छन्।
 
माल्याको कम्पनीको ट्यागलाईन हो, किंग अफ गुडटाइम्स। उनले युवी समूहको ब्राण्ड नाम अरु कम्पनीमा पनि प्रयोग गर्न थाले। घोडाको रेसिङदेखि लिएर फर्मुला वान टीमसम्म। वार्षिक विकिनी क्यालेण्डरदेखि इण्डियन प्रिमियर लिगसम्म उनको लगानी थियो।
 
माल्याको युनाइटेड स्प्रिट्सको व्यापार अझ जम्न थाल्यो। उनले सन् २००५ मा रोयल च्यालेन्ज ह्वीस्की बनाउने शाँ वालेस किने। सन् २००६ मा रामानोस भोड्का र व्यागपाइपर ह्वीस्की बनाउने कम्पनी हर्बर्टसन्स किने। सन् २००७ मा बेलायती ह्वीस्की कम्पनी ह्वाइट एण्ड मंक किने ।
 
आक्रमक रुपमा मदिरा कम्पनीको खरिद तथा भारतमा बढ्दो मदिराको कारोवारले विजय माल्याको कम्पनी युवी स्प्रिट्स भारत मात्रै होइन विश्वको सबैभन्दा ठूलो मदिरा कम्पनी बन्यो। भारतमा सबैभन्दा ठूला दुई ब्राण्डमध्ये एउटा दूध उत्पादनको कारोवार गर्ने आमूल बन्यो दोस्रो मदिरा बनाउने युवी स्प्रिट्स।
 
तव आयो किंगफिशर
२८ वर्षको उमेरमा सुरु गरेको व्यापारले माल्याको व्यवसायिक चमक देखाइरहेको थियो। तर माल्या आफूलाई लिकर किंगका रुपमा होइन भारतको उद्योगपतिका रुपमा स्थापित गर्न चाहन्थे। उनले त्यसका लागि इन्जिनियरिङ, फर्टिलाइजर, टेलिभिजनदेखि चार्टर्ड विमान कम्पनीसम्म सुरु गरे।
 
मदिराको व्यवसायमा माल्यालाई ४० देखि ४५ प्रतिशतसम्म मुनाफा थियो, तर उद्योगपतिका रुपमा आफूलाई स्थापित गर्न उनले चार्टर्ड विमान सेवापछि किंगफिशर एयरलाईन्स सुरु गर्ने निर्णय गरे।
 
'द बिजय माल्या स्टोरी' किताव लेख्ने गिरी प्रकाश भन्छन्, किंगफिशर एयरलाईन्समा उनले पानी जस्तै पैसा बगाए। किंगफिशरलाई उनले फ्लाइग फाइव स्टार होटलका रुपमा चिनाउने प्रयास गरे।
 
किंगफिशरमा मोडललाई एयर होस्टेसका रुपमा लिइयो, यात्रीका लागि विदेशबाट महँगा पत्र पत्रिका मगाइए। कसैको प्लेन छुटे उसलाई अर्को एयरलाइन्सबाट समेत पठाउने व्यवस्था गरियो। यही बेला पेट्रोलियमको मूल्य महँगो भएको थियो।
 
यो सबैको असर कम्पनीको मुनाफामा पर्यो। कतिपय बेला उनले कम्पनी खरिद गर्दा त्यसको बहिखाता समेत हेर्दैन्थे।
 
गिरि प्रकाश भन्छन्,  माल्यालाई किंगफिशरको अन्तर्राष्ट्रिय उडान गर्नुथ्यो। त्यसका लागि किंगफिशरले भारतमा लाइसेन्स पाउने गरि शर्त पूरा गरेको थिएन। उनी एक दिन याचमा थिए,  त्यहींबाट क्याप्टेन जिआर गोपिनाथलाई फोन लगाए। भने, 'म एयर डेक्कन खरिद गर्न चाहन्छु।' गोपिनाथले जवाफ दिए- 'एक हजार करोड।' माल्याले भोलिपल्ट डिमान्ड ड्राफ्ट पठाइदिए। माल्याले कम्पनीको व्यालेन्ससिट समेत हेरेनन्।
 
कसरी भए बर्बाद
सन् २०१२ मा किंगफिशर एयरलाईन्सका कर्मचारीले तलव नपाए पछि हड्ताल गरे। आयकर विभागले एयरलाईन्सको अकाउण्ट सिज गर्यो, एयरलाइन्स बन्द भयो। अक्टुवरमा सरकारले किंगफिशर एयरलाइन्सको लाइसेन्स सस्पेन्ड गरिदियो।
 
उनले अनेक प्रयासपछि पनि किंगफिशर एयरलाईन्सलाई व्युँताउन सकेनन्। एयरलाइन्स बन्द भएपछि कम्पनीमा दायित्व माथि दायित्व थपिंदै गयो। कम्पनी बन्द भएपनि अहिलेसम्म एयरलाइन्समा १५०० भन्दा बढी कर्मचारी पेरोलमा छन्।
 
ऋणको साँवा र व्याज बढ्दै गएको छ। समयमा कर चुक्ता नगर्दा त्यसको भार पनि थपिंदै गएको छ। एसबिआई बैंकले मात्रै माल्यासँग १६ सय करोड ऋण असुल गर्न बाँकी छ।
 
पिएनबीले किंगफिशर एयरलाइन्सलाई आठ सय करोड, आईडिबीआई बैंकले आठ सय करोड, बैंक अफ इण्डियाले ६५० करोड गरेर १६ बैंकले सात हजार करोड ऋण उठाउन बाँकी छ।
 
उता माल्याले मदिरा कम्पनी युवी स्प्रिट्सको अधिकांश सेयर बेलायती कम्पनी डायजियोलाई बिक्री गरिसकेका छन्। सन् २०१३ मा माल्यालाई डायजियोले २७ प्रतिशत सेयर किन्दा साढे छ हजार करोड भारु दिएको थियो। तर माल्याले यो पैसा किंगफिशरको ऋण तिर्न प्रयोग गरेनन्।
 
माल्याको दावी छ,  बैंकबाट मैले ऋण लिएको होइन ऋण किंगफिशर एयरलाइन्सले लिएको हो। त्यसैले पैसा पनि मेरो व्याक्तिगत सम्पत्तीबाट होइन किंगफिशरबाटै असुल गर।
 
बैंकहरुले माल्यालाई भारत छाड्न नमिल्ने गरी राहादानी जफत गर्न माग गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेपछि उनी फरार भए। अघिल्लोपटक माल्या राज्य सभाका सांसद समेत थिए। एजेन्सीहरुको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.