logo

नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग, छानविन गर्न उपभोक्ता अधिकारकर्मी बानियाँको माँग

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०६: ५६ मा प्रकाशित     418   पटक पढिएको

बीरगंज । उपभोक्ता अधिकारर्मी उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष अधिवक्ता ज्योती बानियाले नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग भएको दावी गर्दै त्यसलाई छानवीन गर्न माँग गरेका छन ।

 

उनले आफनो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो माँग गरेका हुन ।


उपभोक्ता हित संरक्षण मञ्चले उपत्यका भित्र प्रत्येक दिन बध हुने रागाभैंसी लगायत जनाबरको बोसो पार्टी प्यालेस, मिठाई उद्योग आदिमा प्रयोग भइरहेकोले छानबिन गर्न निरन्तर माग गरिआएको उल्लेख गरेका छन । 

काठमाडौं ह्युमतटोल लगायत पशुबध हुने स्थलबाट त्यस्तो काचो बोसो ति उद्योग , पाकशालामा गएको सूचना मञ्चले दिएपनि उचित सुनुवाइ नभएको भन्दै असन्तोष ब्यक्त गरेका छन ।


उनले भारतको तिरुपती मन्दीरको प्रसादमा बोसो पाइएपछिको सन्दर्भ समेत उल्लेख गरेका छन । भारतमा यो बिषय अहिले चर्चामा छ उनले लेखेका छन ।


तिरुमाला तिरुपति देवस्थानबाट पठाइएको नमूनाहरू राष्ट्रिय डेरी विकास बोर्डको प्रयोगशालामा परिक्षण गर्दा नमूनाहरूको प्रयोगशाला रिपोर्टहरूले प्रमाणित गर्छ कि गाईको मासु र जनावरको बोसो /चुरो, र माछाको तेल तिरुमालालाई आपूर्ति गरिएको घ्यूको तयारीमा प्रयोग गरिएको थियो र यसको मूल्य पनि १९.७ मात्र हो ।उनले परिक्षण प्रतिवेदन समेत आफनो फेसबुक पेजमा राखिदिएका छन ।


उनले लेखको छन “ यो विषय अहिले भारतमा गम्भीर चर्चामा छ , आन्ध्रप्रदेशको उच्च अदालतमा मुद्दापरेको छ । एक केन्द्रिय मन्त्रीले यो मिसावटमा मृत्युदण्ड गर्नुपर्ने सम्मको दाबी गरेका छन । नेपालमा पनि जनाबरको बोसोको भरपुर उपभोग भइरहेको छ , छानबिन गरियोस् ।

May be an image of ticket stub and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु

बीरगंज। बिरगंज महानगरपालिका–१६, रक्सौल–बिरगंज मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहले २२औँ दिनको सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु गरेका छन्।

निचुटामा जेहेन्दार ३० विद्यार्थीलाई झोला वितरण, वडाध्यक्ष मुखियाले गरे प्रेरणादायी घोषणा

पर्सा । पटेर्वा सुगौली गाउँपालिका–५ निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ३० जेहन्दार बिद्यार्थीलाई झोला उपलब्ध गराइएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.