logo

पर्सामा तीनमा कोरोनाको संक्रमण पुष्टि,स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन प्रशासनको आग्रह

      7/17/2020 गते 00 00 मा प्रकाशित     1438   पटक पढिएको


पर्सामा आज थप तीजनामा कोरोना सँक्रमण भएको पुष्टि भएको छ ।बीरगञ्जमा दुई जना युवतीसहित जिल्लामा थप तीन जनामा कोरोना सँक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनु भयो ।

 

सँक्रमण हुनेहरुमा पर्साको सखुवा प्रर्सौैनी गाउँपालिकाका २२ वर्षीया पुरुष, वीरगञ्ज श्रीपुरकी १८ वर्षीय युवती र काठमाडौं स्थायी ठेगाना भइ बीरगञ्जमा काम गर्दै आएकी ४५ वर्षीया महिला रहेको उपाध्यायले बताउनु भयो  ।

 

उनीहरुको बितेको असार ३१ गते स्वाब सँकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा सँक्रमण देखिएको हो । सँक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल मातहत रहेको अस्थायी बिशेष कोभिड अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको मेसु उपाध्यायले बताउनु भयो ।


पछिल्लो समय वीरगञ्जमा लक्षणसहितका संक्रमितहरू देखा पर्न थालेका छन्। केहि दिन अघि अरू कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिमा कोरोनाका लक्षण देखिएसँगै आइसियूमा राखेर उपचार गर्दा मृत्युसमेत भएकोले कोराना भाइरस पहिलेभन्दा शक्तिशाली भएको चिकित्सकहरुको बिश्लेषण रहेको छ । 

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अहिलेको अवस्थामा भिडभाडमा नजान, स्वास्थ्य सुरक्षाका सबै शर्तकता तथा मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न सबै नगरवासीलाई आग्रह गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.