logo

महानगरपालिकाद्वारा पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण 

      6/20/2020 गते 00 00 मा प्रकाशित     1902   पटक पढिएको

वीरगन्ज, ६ असार । वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन शनिबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाद्वारा खरिद गरिएको पीसीआर मेशिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । पीसीआर मेशिन हस्तान्तरण र संचालनको विषयमा भने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र मेसु डाक्टर मदन उपाध्यायले हस्ताक्षरण गर्नुभएको छ ।

पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताउनुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट व्यावस्थापनका लागि आर्थिक सहयोगको कुनै कामी नगरेका दावी गर्दै संघ सरकारले कोरोना महामारी व्यवस्थापनमा केही पनि सहयोग नगरेको आरोप लगाउनुभयो ।

उहाँले अन्यप्रदेशले भन्दा बढी कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले खर्च गरेको पनि दावी गर्नुभयो । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस नेपालमा विस्तारै ७७ जिल्लामा पुग्ने अवस्था रहेकोले वीरगन्ज देशको मुख्य प्रवेशद्वार र आर्थिक गतिविधि हुने स्थान भएकोले पनि अझैपनि जोखम कायम रहेको बताउनुभयो ।

उहाँले त्यहि जोखिम कम गर्नका लागि पीसीआर मेशिनको आवश्यकता महशुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेपछि उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाहरुको सहयोगमा पीसीआर खरिद गर्न सफल भएको बताउनुभयो । उहाँले पीसीआर मेशिन जडान पछि एकघरबाट एकजनाको परीक्षण गर्ने यसले समुदायमा कोरोना फैलिनबाट रोक्ने भएपछि पर्सा जिल्लालाई नै कोरोनामुक्त हुने बताउनुभयो ।

महानगरपालिकाका मेयर सरावगीले मेशिन खरिदका लागि उद्योगी व्यवसायीले मात्रै सहयोग गरेको मात्रै नभई अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गरेकोले उद्योगी व्यवसायीहरुले मात्रै सहयोग गरेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै पीसीआर मेशिन खरिदमा विशेष उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले वीरगन्ज महानगरपालिकासँग उद्योगी व्यवसायीहरुले मेशिन खरिदका लागि मात्रै खर्च गर्ने सम्झौता गरेको स्पष्ट पार्नुभयो । उहाँले अन्य दाताहरुले दिएको सहयोगले भने भिटिएम कीट, आईलोलेशन व्यावस्थापन लगायतका अन्य व्यावस्थापनमा लगाईने बताउनुभयो ।

महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्याय लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा, आर्थिक पत्रकार संघका अध्यक्ष विजय कुश्वाहा र मेशिन खरिद गर्न सहयोग गर्ने उद्यापतिहरुको पनि उपस्थिसित रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.