logo

१० करोडको लागतमा अस्पताल बन्ने, नागरिकको स्वास्थ्य सेवामा पहुच बढने अध्यक्ष चौधरीको बिश्वास

      11/30/2020 गते 00 00 मा प्रकाशित     862   पटक पढिएको

सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास  गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले ३ सय ९६ स्थानीय तहमा १५ शय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरिएको छ ।

अब देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने भएका छन । सोमबार एकैसाथ देशभर ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित हुने भएको छ । 


पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ मा पनि एक कार्यक्रमकावीच अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिका प्रमुख हरि नारायण चौधरीले अस्पताल भवनको शिलान्यास गर्नु भएको हो । १५ शैय्याको अस्पताल शिलान्यास गरिएको हो । 

 गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम वीरगञ्ज,  जानुपर्ने बाध्यता थियो ।


अस्पतालको शिलान्यास गर्दै अध्यक्ष चौधरीले बहुवर्षीय योजनामा निर्माण हुन लागेको अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच पुग्ने बताउनु भयो।

 अस्पताल सञ्चालनमा आएपछि जिराभवानी र सखुवा प्रसौनीका नागरिकले समेत  स्वास्थ्य उपचार पाउने छन् ।

२ बर्ष भित्र निर्माण सम्पन्न  हुने भवनको लागत १० करोड ८३ लाख ३ हजार ६ सय रहेको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता महतो वडाध्यक्षहरु बिजय गैरे ,महादेव राउत कार्यपालिकाका सदस्य दीपक रसाइली गाउँपालिकाका प्रशासकीय अधिकृत बिभिन्न शाखाका प्रमुख लगायत जनताको सहभागिता रहेको थियो । यसैगरि ठोरी गाउँपालिकाको वडा नं २ मा गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले अस्पतालको शिलान्यास गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.