logo

लकडाउनको अवधीमामध्य तराईका बारा पर्सामा ८० जनाले गरे आत्महत्या 

      9/3/2020 गते 00 00 मा प्रकाशित     806   पटक पढिएको

०७६ चैतको ११ गतेपछि यता मध्यतराईको प्रमुख दुई जिल्ला बारा र पर्सामा ८० जनाले आत्महत्या गरेका छन  । यो अवधीमा कोरोना भाइरसको संक्रमणबाट बारा र पर्सामा ५२ जनाको ज्यान गएको छ । 

आत्म हत्या गर्नेमा बालबालिका देखि वृद्धासम्म रहेका छन् । बाराका विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको बिवरणमा उल्लेख छ ।

झुन्डिएर आत्म हत्या गर्नेमा १० बालक १६ बालिका, १२ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै दुई जना महिला र एक जना बालकले विष सेवन गरेर आत्म हत्या गरेका हुन  ।


आत्महत्याका कारणहरु बिभिन्न हुन सक्छन । पढाई असफलता,पारिवारिक समस्या, प्रेमप्रसंगमा धोका वा असफलता,गरिवी बरोजगारी जस्ता कुराहरु आत्महतयाका कारकका रुपमा देखिएको छ ।

 

लकडाउनको बेलामा रोजीरोटी कमाउने आधारको बन्द, आर्थिक संकट समाजका अनेकौ लाक्षंना र आरोप जस्ता कुराहरुले पनि मान्छेलाई आतमहत्याको अवस्थामा पुर्याएको बिशलेषण गरिदैछ । आत्महत्या गर्नेहरुको सूचीमा नेपाल सातौ स्थानमा रहेको बिश्व स्वास्थ्यसंगठनको सूचीमा उल्लेख छ ।

 

महिलाहरुको आत्महत्या सूचीमा नेपाल संसारमा तेश्रो स्थानमा रहेको छ । नेपालमा पुरुषको तुलनामा महिलाहरुले बढी आत्महत्या गर्छन । 

आत्महत्याको संख्या कम भएपनि लकडाउनको अवधीमा पर्सामा पनि आत्महत्याका घटना कम छैनन । 

गत चैत्र ११ देखि भदौ १६ गतेसम्म पर्सा प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार पर्सामा यस अवधिमा २६ जनाले आत्महत्या गरेका छन् ।  आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.