logo

स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीप्रति कांग्रेस नेताको उच्च सम्मान ,सुरक्षा कवच उपलब्ध गराउन माग

      4/20/2020 गते 00 00 मा प्रकाशित     784   पटक पढिएको

बीरगन्ज, ८ बैशाख । नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्यप्रति उच्च संवेदनशीलता देखाई आवश्यक सुरक्षा कवचको व्यवस्थापन गर्न माग गरेका छन ।  

नेपाली काँग्रेस पर्साका नेताहरुले गण्डक अस्पताललाई तत्काल कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन माँग गरेको छन । उनीहरुले आज एक संयुक्त बिज्ञपित जारी गर्दै बीरगंज महानगरपालिका र गण्डक अपतालवीच कोभिड अस्पताल संचालनका बिषयमा सम्झौता भइसकेको अवस्थामा गण्डक अस्पताललाई संचालनमा ल्याउन माँग गरेका हुन । उनीहरुले नारायणी अस्पतालमा उपचारलागि भर्ना भएका ४ जना कोरोना संक्रमीत बिरामीलाई समेत उपचारकोलागि गण्डक अस्पतालमा सार्न माँग गरेका छन । 


उनीहरुले जारी गरेको बिज्ञप्तिमा  नारायणी अस्पतालको आकस्मिक, ओपीडी, प्रसुति लगायतको सेवा यथासिघ्र सुचारु गर्न माग गरेका छन् । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्धय रमेश रिजाल र अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, सम्बिधान सभाका सदस्य अनिल रुङ्गटा, प्रदेश सभा सदस्यहरु ओमप्रकाश शर्मा, राजेश्वर साह तेली र शंकर चौधरी, जिविस पर्साका पूर्व सभापति जनार्दन  नेताहरु  रामरुप कुर्मी, रामनारायण कुर्मीले संयुक्त बिज्ञप्ति जारी  गरेका हुन ।

विज्ञप्तिमा नारयाणी अस्पतालमा जडान गरिएको पिसीआर मेशिनमा अन्य उपकरणको ब्यवस्था गरि थ््रोट स्वाब परिक्षणको ब्यवस्था मिलाउन बिज्ञप्ति मार्फत माँग गरिएको छ । 

राहत बितरणलाई बैज्ञानिक र पारदर्शी बनाउन सर्वदलीय समिति बनाउन , किसानलाई खेतीपाती गर्न लकडाउनमा आंशिक छुट दिन , यो अवधिको किसान र उद्योगीको व्याज मिनाहा गर्न सरकारले व्यवस्था मिलाउनुपर्ने सुझाव बिज्ञप्ति मार्फत दिइएको छ ।

संसदीय विकास कोषको सम्पूर्ण रकम कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणमा खर्च गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै नेताहरुले अलपत्र परेकालाई घर पु¥याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.