logo

बगही स्कुलमा कम्प्युटर ल्याब निर्माण हुने

      6/10/2019 गते 00 00 मा प्रकाशित     846   पटक पढिएको

वीरगन्ज २७ जेठ  ।वीरगंज महानगरपालिका वडा नं. २८ बगही स्थित श्री महानन्द उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युटर प्रयोगशाला (ल्याब) निर्माण गर्न शोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोगी नेपाल र एडुटेक नेपालविच मेमोरेनडम अफ अन्डरसेटेडिंग (एमओयू)मा हस्ताक्षर भएको छ ।

एमओयू अनुसार छिट्टै बगही स्कुललाई आधुनिक सुविधा भएको २० थान कम्प्युटर, युपीएस र ब्याट्रीलगयातको उपकरणहरु सहयोगी नेपालमार्फत उपलब्ध गराईने छ ।

विगत केहि वर्ष देखि नेपालका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुमा कम्प्युटर सहयोग गर्दै आएको एडुटेक नेपालको आर्थिक सहयोगमा कम्प्युटर उपलब्ध हुनेछ ।

एमओयू हस्ताक्षर कार्यक्रममा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद, एडुटेक नेपालकी अध्यक्ष डायना प्रदान सिलवाल, श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार लाल, एडुटेक नेपालका रविन्द्र साह, प्रतिमा शर्मा, आकाश दासलगयातको उपस्थिति रहेको थियो ।

बगही स्कुल पछी पर्सा र बारा जिल्लाका अन्य विद्यालयहरुमा पनि कम्प्युटर वितरण गर्न एडुटेक संग सहकार्य गर्न  सहयोगी नेपालको योजना रहेको अध्यक्ष अहमदले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.