logo

बीरगंज महानगरभित्र ८० प्रतिशत घुसखोरी नियन्त्रण गरेका छौः मेयर सरावगी

      10/27/2018 गते 00 00 मा प्रकाशित     1005   पटक पढिएको

बीरगंज १० कार्तिक ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगर भित्र ८० प्रतिशत घुसखोरी बन्द भएको बताएका छन । बीरगंज महानगर र एकाउण्टवीलीटी ल्यावले शुक्रवार बीरगंजमा आयोजना गरेको  सुशासन प्रबर्द्धन गर्नका लागि वीरगञ्जमा आयोजित सत्यनिष्ठा सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

 

म दावाका साथ भन्छु कार्यालय भित्र ८० प्रतिशत घुसखोरी बन्द छ कार्यालय भन्दा बाहिर २० प्रतिशत घुसखोरीको जुन अवस्था छ त्यसलाई पनि अन्त्य गर्न सकिन्छ तर तपाईहरुको साथ चाहिन्छ ।

 

सरावगीले जनप्रतिनिधिहरुलाई भ्रष्टाचार बिरुद्धको यो अभियानमा साथ दिन समेत अपिल गरेका छन । उनले जे कुरामा ब्यक्तिको बिश्वास हुन्छ त्यो नै सत्य जस्तो लाग्ने गरेको बताए । उनले त्यो बिश्वास सत्य नहुन पनि सक्ने बताउदै अव आफनो सत्यनिष्ठाको बललाई मजबुत बनाउन आवश्यक रहको बताए ।

 

उनले आफूलाई बीरगंज महानगरपालिकाबाट आय आर्जक गर्नु पर्ने कुनै दरकार नरहेको प्रष्ट पार्दै आफनो सत्यनिष्ठालाई डग्न नदिने बताए । उनले काम गर्न अप्ठयारो रहेको तर्क गरे । स्थानीय तहको निर्वाचनलाई पार्टीको नियण्न्त्रण भन्दा पर राख्नु पर्ने तर्क राखेका सरवपागीले पार्टीका साथीहरुको अनावश्यक गनगनले समेत आफूलाई काममा अप्ठयारो आएको बताए ।

 

एक्लै भएपनि संघर्ष गरिरहन्छु कसैको नाजायज दवावका अगाडि आफनो सत्यनिष्ठालाई झूक्न दिन्न मेयर सरावगीले भने तपाई हामी जनताको सेवाकोलागि आएको हो त्यसैमा आफनो ध्यान केन्द्रीत  गर्नु पर्छ ।

मेयर सरावगीले बीरगंजलाई सुन्दर र हाम्रा भावी सन्ततीले मन पराउने शहरको रुपमा बिकास गर्ने चुनौती आफूहरुको सामु रहेको बताए । उनले आफूहरुको अगाडि भोलीको पुस्ताले गौरव गर्ने बीरगंज बनाउनुको कुनै बिकल्प नभएको बताए  उनले भने हामीले राम्रो बीरगंज बनाउन सकेनौ भने कसैले बनाउन सक्दैन । सरावगीले त्यसकोलागि आफैमा सदाचार पद्धतीलाई जीवनशैलीका रुपमा बिकाश गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

 

जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग प्रशंसा गर्दै मेयर सरावगीले आउने दिनमा सुन्दर र समृद्ध बीरगंज बनाउने अभियानमा समाजका सबै तप्काका सहयोगको अपेक्षा गरिएको बताए ।

 

कार्यक्रममा बीरगंज महानगरका जनप्रतिनिधिहरुले आफनो कार्यकालको बाँकी दिन सत्यनिष्ठका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा सहभागि उनीहरुले बिनाकुनै आग्रह जनताको काम सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन । समाजका बिभिन्न पेशाकर्मीले पनि आफनो ब्यवसायीक मर्यादाको दायरा भित्र रहेर आफनो पेशा ब्यवसाय संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

 

कार्यक्रममा इन्टिग्रिटी आइडल २०१६ बन्न सफल वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले सदाचार र निष्ठाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

कार्यक्रमा बरिष्ठ पत्रकार चन्द्रकिशोर, उद्योगी गणेश लाठ, प्राध्यापक सुष्मा तिवारी र अकोराबका महासचिव गोविन्द देवकोटाले सुशासन र सदाचारका लागि मिडिया प्राज्ञ र ब्यवसायीहरुको भमिकाको बारेमा  समेत चर्चा गरेका थिए ।

 

कार्यक्रममा सहभागी जनप्रतिनीधि, सरकारी कर्मचारी, नागरिक समाज, पत्रकारहरुले सामूहिक रुपमा सदाचार र निष्ठाप्रति प्रतिबद्धता समेत जनाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.