logo

मधेश आन्दोलनको इपीसेन्टरमा राजधानीको माग राखेर रिले अनशन शुरु

      1/5/2018 गते 00 00 मा प्रकाशित     1164   पटक पढिएको

बीरगंज २१ पुष । जनकपुरलाई प्रदेश २ को अस्थायी राजधानी तोकिएसंगै बीरगंजमा राजधानीको आन्दोलनले राजतीतिक तापमान बढेको छ । एमाले र नेपाली कांग्रेसका युवाहरुले राजधानीको आन्दोलनको  शुरु गरेतापनि त्यसमा जनताको सहभागिता उल्लेख्य भएन ।

अहिले राजनीतिक दल पछाडी राजधानी निर्माणका अगुवाहरु सम्मिलीत संघर्ष समिति बनाएर आन्दोलन शुरु गरेपछि आन्दोलनको आयतन पनि बढेको छ । स्वतन्त्र हैसियतमा निर्माण भएको सघर्ष समितिले आन्दोलनको आव्हान गरेपछि विस्तारै संघ संस्थाहरुले  ऐक्यबद्धता जनाउन थालेका छन ।

संघर्ष समितिको आव्हानमा वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउनुपर्ने माग राखेर आजदेखी रिले अनशन शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा राजधानीकालागि रिले अनशन शुरु भएको हो ।
राजधानी बनाउने आन्दोलनमा  बारा, पर्साका विभिन्न राजनीतिक दलका अगुवा, युवा, विद्यार्थी नेताहरुले संघर्ष समिति नै गठन गरेर दवावमुलक कार्यक्रमहरु गर्न थालेपछि मधेश केन्द्रीत दल सहितका अन्य दलका युवाहरु आन्दोलनमा उत्रिएका छन ।


रिले अनशनमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका नेता बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, राजपाका बीरगंज महानगरका पूर्व अध्यक्ष ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, एमालेका युवा नेता महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल बसेका छन् ।

मधेश आन्दोलनको केन्द्र रहेको बीरगंज राजधानी बन्नकालागि हरेक हिसावले उपर्युक्त रहेको एमाले नेता बसरुदिन अन्सारीले बताउनु भयो । वीरगञ्ज भौतीक पूर्वाधार सामाजिक तथा सास्कृतिक केन्द्रका हिसावले पनि राजधानी बन्न सक्षम छ अनशनमा बस्नु भएकि रन्जु दाहालले भन्नु भयो ‘वीरगञ्जलाई राजधानी घोषण नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।


पर्सा जिल्लामा ४ सासद  ५ प्रदेश सभा बीरगंज महानगर सहित स्थानीय तहमा पहिलो शक्तिको रुपमा रहेको संघीय समाजवादी फोरम नेपाल पर्सा भने बीरगंजलाई राजधानी बनाउने आन्दोलनमा मौन रहेको छ । पार्टी मौन रहेपनि बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी आज अनशनस्थलमा गई अनशनकारीलाई माला लगाई सम्मान गर्दै आन्दोलनमा आफनो साथ रहने बचन दिनु भयो । 


    मेयर सरावगीको समर्थनले आन्दोलनलाई उर्जा मिलेको संघर्ष समितिले जनाएको छ । अनशनस्थलमा पुगेर मेयर सरवागीले आन्दोलनकालागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।


उहाँले महानगरपालिकाको बोर्ड बैठकले समेत जुनसुकै हालतमा वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.