logo

आचार संहिता उल्लघंन गर्दै धर्मशाला शिलान्यास

      11/26/2017 गते 00 00 मा प्रकाशित     2573   पटक पढिएको


वीरगन्ज १० मंसिर । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा शनिबार धर्मशाला शिलान्यास गरेका छन् । उक्त वडाका अध्यक्ष श्यामबाबु चौरसिया र मेयर सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।

अगामि २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि गत महिनादेखि नै आचार संहिता लागिसकेको छ । आचार संहिता लागेपछि चालु योजना वाहेक नयाँ भौतिक निर्माण कार्य गर्न पाइँदैन् । 

मूख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता युवराज अधिकारीका अनुसार आचार संहिता लागू भएपछि चालु योजनामा परेका वाहेक अन्य कुनै पनि निर्माण कार्य गर्न पाइँदैन् । ‘मतदातालाई प्रभाव पार्ने किसिमले कुनै पनि निर्माण कार्य गर्न पाइँदैन्,’ उनले भने, ‘कार्यालयमा उजुरी आए हामी कारवाही गर्छौ ।’ मेयर सरावगीले शिलान्यास गरेको धर्मशाला हालसम्म नगरपरिषदबाट पास भएको छैन् ।

वडा अध्यक्ष श्यामबाबु चौरसियाका अनुसार अगामि १२ गते बस्ने नगरपरिषदको बैठकमा धर्मशाला निर्माण गर्ने योजना पारिने छ । ‘त्यतिखेर नै बजेट पनि पास गराउँछौ,’ उनले भने, ‘महानगरपालिका र वडाको बजेटबाट धर्मशाला निर्माण गर्ने योजना छ ।’ 

जानकारका अनुसार चुनावको मुखमा मेयर सरावगीले विभिन्न प्रलोभन दिएर सोझा जनतालाई आकर्षित पार्न खोज्दैछन् । उनले रोजगारीको प्रलोभन दिदै भोट समेत माग्ने गरेका छन । धर्मशाला शिलन्यास गरेकै दिन सरावगीले नगवामा केही व्यक्तिलाई पार्टी प्रवेश समेत गराएका थिए ।

स्थानीय उमेश यादवका अनुसार नगवामै रहेको मुस्लिम धर्मावलम्बीहरुको इदगाहका लागि मेयरले पर्खाल निर्माण गरिदिने आश्वासन बाडेका थिए । चुनावको मुखमा मतदाता र ठेकेदारलाई प्रभावित पार्न मेयरले अनेक आश्वासन बाडिरहेका छन् । उनको यस कार्यको अन्य दलले भने विरोध गरेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.