logo

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

 इसीमाना सम्बाददाता     २०८२ जेठ १८ गते १०: ०४ मा प्रकाशित     1326   पटक पढिएको

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

 

नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले ३१ वटा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो ।


प्रतियोगितामा पर्सागढी नगरपालिकाले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त ग¥यो भने सखुवा प्रसौनी गाउँपालिका  ४ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो ।

 

 नियम अनुसार, लगातार तीन वर्षसम्म प्रथम हुने टोलीले शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ ।


लगातार तेस्रो पटक सम्म जीत हात पारेर भित्र्याएको शिल्ड आइतबार एक कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरिएको छ । 


शिल्ड ग्रहण गर्दै महानगर प्रमुख राजेशमान सिंहले खेलाडीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै भविष्यमा खेलकुद क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण,  प्रशासन प्रमुख सुनिल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्रेस सल्लाहकार नवराज फुयाँल, खेल प्रशिक्षक विश्वेश्वर पटेल लगायतको उपस्थिति थियो ।

 


यो उपलब्धिले वीरगंज महानगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको लगानी र त्यसको प्रतिफल देखाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.