logo

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

 इसीमाना सम्वाददाता     २०८२ जेठ ४ गते ०१: ५३ मा प्रकाशित     1779   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।


बहुदरमाई नगरपालिका–२, पिपरास्थित तिलावे नदी किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्न क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरेका हुन।

 

मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा यो परियोजना सुरु गरिएको हो। 

 

शिलान्यास कार्यक्रममा बहुदरमाई–४ का वडाध्यक्ष सुरेन्द्र यादव, वडा नं– ५ का वडाध्यक्ष सुनिल कुशवाहा, गाउँपालिकाका कार्यपालिका सदस्य मुखदेव प्रसाद साह, समाजसेवी अधिवक्ता सुनिल कुशवाहालगायतको सहभागिता रहेको थियो।

 

निर्माण कार्य अन्तर्गत मैदानलाई पर्खाल लगाउने, माटो पुर्ने, ग्राउण्ड बनाउने, र पिच निर्माण गर्ने कार्यहरू समावेश छन्। एमाले नेता पटेलले यो सबै काम यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।

May be an image of 7 people, temple and text

क्रिकेट मैदानको निर्माणले स्थानीय युवाहरूलाई खेलकुदमा सहभागी हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशमा खेलकुद पूर्वाधार विकासमा योगदान पुर्‍याउनेछ।

 

नेपालमा क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताहरूले देशभरि क्रिकेटप्रतिको उत्साह बढाएका छन्।

 

क्रिकेट मैदानको निर्माणले बहुदरमाई क्षेत्रका युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने र स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.