logo

साबिकको विजेता विभागीय टोली नेपाल पुलीस क्लब पनि सेमीफाइनलमा प्रवेश

 इसीमाना सम्बाददाता     २०८१ फागुन १९ गते ०९: २१ मा प्रकाशित     315   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा सोमवारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

वीरगञ्जको आदर्शनगर रंगशालामा  भएको तेस्रो खेलमा नेपाल पुलिस क्बलले बागमती युवा क्बललाई २–१ गोल अन्तरले हराउँदै विभागीय टोली पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । पुलिस क्लब साबिकको विजेता विभागीय टोली पनि हो ।


पहिलो हाफमा १–१ को बराबरी खेलेको पुलिसले दोस्रो हाफको ७६ औं मिनेटमा नेपाल पुलिस क्लबका उज्जवल राईले गोल गर्दै आफ्नो पक्षमा जित निकालेका हुन् । 

भोलीको खेल विभागीय मच्छिन्द्र फुटबल क्लब र एपिआई  र चर्च ब्वाइज युनाइटेड क्बलबीच दिउँसो साढे दुईबजे हुने आयोजकले जनाएको छ ।

भेट्रान्स सिटी क्लब वीरगञ्जले आयोजना गरेको मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको प्रतियोगिताका विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत हुने आयोजकले जनाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मधेश प्रदेश भ्रष्टाचारको हट स्पट, आयोग आरोप बोकेर अदालत धाउदै,उच्च पदाधिकारी निलम्वित

वीरगंज । स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सामाजिक विकास मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन प्रमुख डा. श्रवण कुमार मिश्रसहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

प्रमाण सहित पुष्टि गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई पर्सा कांग्रेसको चुनौती, प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

वीरगंज । नेपाली कांग्रेस पर्साले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कारवाहीको माँग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.