logo

दोस्रो वीरगंज गोल्डकप फूटबल फाल्गुण १७ देखी शुरु हुने, बिजयी टिमले ११ लाख ११ हजार १ सय ११ पुरस्कार पाउने

 इसीमाना सम्वाददाता     २०८१ फागुन १५ गते ०७: ५६ मा प्रकाशित     555   पटक पढिएको

बीरगंज । भेट्रान्स सिटि क्लब वीरगंजको आयोजनामा यहि फागुन १७ गते देखि दोस्रो वीरगंज गोल्डकप फूटवल प्रतियोगिता २०८१ हुने भएको छ ।

 

आर्दशनगर रंगशालामा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि क्लबले यसबारेमा जानकारी दिएको हो । प्रतियोगितामा  नेपाल र भारतका गरि ८ वटा क्लबको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 

  प्रतियोगितामा वीरगंज युनाईटेड , नेपाल पुलिस क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, शहलेश फुटबल क्लब सिरहा, मछेन्द्र फुटबल क्लब काठमाडौं, गरवाहल डाईमण्ड फुटबल क्लब  नयाँ दिल्ली भारत, एपिई पावर चर्च व्वाईज युनाईटेड काठमाडौ र संकटा फुटबल क्लब काठमाडौं सहभागी हुने क्लबका प्रथम उपाध्यक्ष सागर शम्सेर जबराले जानकारी दिए ।  


प्रतियोगिता संचालनको लागि करिब १ करोड ७ लाख ६५ हजार अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ । 


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ११ लाख ११ हजार १ सय ११ रुपैया,दोस्रो स्थान हासिल गर्ने टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया,सर्वोकृष्ट खेलाडीलाई ईलेक्ट्रिक स्कुटी तथा ट्रफी, वेष्ट किपरलाई नगद २० हजार, वेष्ट कोचलाई २० हजार नगद पुरस्कारले दिने आयोजकले जनाएको छ । 


यसैगरी प्रत्येक दिनको खेलमा मैन अफ दि मैच हुने खेलाडीलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । खेलाडीहरुको ५ लाखको  दुर्घटना बिमा तथा ३ लाखको औषधी उपचार बिमा गरिएको छ ।

 

यसैगरी दर्शकहरुको पनि ५ लाखको दुर्घटन बिमा तथा दुई लाखको औषधी उपचार बिमा गरिएको भेट्रान्स सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत जानकारी दिए । 


क्लबका कोषाध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष सबिन बस्नेत,बरिष्ठ उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, महासचिव पंकज श्रेष्ठ,सचिव भुषण यादव,सदस्यहरु सन्तोष खनाल  निशान्त लामिछाने लगायतको उपस्थिति  थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.