logo

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ पौष २८ गते ०५: ०३ मा प्रकाशित     714   पटक पढिएको

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १ सय ४६ औं जन्म दिवसको अवसरमा साताब्यापी कार्यक्रम संचालन भइरहेको छ ।

 

साताब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफको आयोजनामा आइतवार वीरगञ्जको कभर्ड हलमा कलेज स्तरीय मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र पर्सा ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उदघाटन गरेका थिए ।


आज सम्पन्न भएको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा वीरगञ्ज ईन्स्टीच्युट अफ टेक्नोलोजी, दिल्ली पब्लिक स्कूल, नेशनल ईन्फोटेक कलेज, डिएभी कलेज लगायत वीरगञ्जका ११ वटा कलेजका विद्यार्थीहरुले भाग लिएका थिए ।


प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई अतिथिहरुद्वारा शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका सचिव लायन रोशन गुप्ताको अध्यक्षतामा भएको ब्याडमिन्टन प्रतियोगितामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशिल साह कानु, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन देवकी नन्दन अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पृथ्वी आलोक कुशवाहा लगायत लायन्सका अन्य सदस्य एवं पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.