logo

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

 इसीमाना सम्वाददाता     २०८१ भदौ ३० गते ०८: ०५ मा प्रकाशित     786   पटक पढिएको

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।


कार्यक्रममा मधेश सरकारका खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालले क्रिकेटको बिकासको लागि मधेश सरकार सदैव साथ रहेको बताए ।

 

उनले मधेश प्रिमियर लिग तथा क्रिकेटका अन्य गतिबिधि संचालनकाकागि मधेश प्रदेश क्रिकेट संघसंग सहकार्य गर्ने जानकारी समेत गराए ।

कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ईलाइट कपलाई भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाकि नराख्ने बताए । उनले पर्सा क्रिकेट संघले गर्ने कार्यलाइ महानगरले सदैव साथ दिने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले मधेश प्रदेशका आठ जिल्ला उत्कृष्ट क्रिकेट खेलाडीद्वारा भरिएको बताए ।

उनले नयाँ खेलाडीहरुले आफनो दावेदारी पेश गर्न समेत आग्रह गरे ।

 

उनले नयाँ खेलाडीहरुलाई आवश्यक वतावरण बनाउनकालागि नेपाल क्रिकेट संघले आवश्यक पहल गर्नु पर्ने सुझाव ब्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए।


त्यसै गरि सचिव श्रेष्ठले पेश गरेको बार्षिक कार्यक्रम अनुसार मधेश प्रिमियिर लिगको आयोजना, ८ वटै जिल्ला बीच रातो बलले लामो क्रिकेटको प्रतियोगिता, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद सहित सम्मान लगायतको कार्यक्रम पेश गरेका थिए ।

 

कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, पर्साका अध्यक्ष मनिश सिंह तथा नेपाल क्रिकेट संघका पूर्व सदस्य दाउद अन्सारी लगायतले आफना मन्तव्य राखेका थिए ।

 

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले गरेका थिए भने स्वागत मन्तव्य मधेश प्रदेश क्रिकेट संघका सदस्य शत्रुघ्न साहले ब्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.