logo

सिमरामा मदन-आश्रीत राष्ट्रीय क्रिकेट प्रतियोगिताको आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८० मंसिर २९ गते ०५: १७ मा प्रकाशित     843   पटक पढिएको

सिमरा । नेकपा एमाले निकट नेपाल खेलकुद महासङले माघको पहिलो हप्ता बाट सिमरामा मदन-आश्रीत स्मृती राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
महासङ्को जितपुरसिमरा उपमहानगरको आज सिमरामा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।


नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय लाई कुल बजेटको १ प्रतिशत खेलका लागि छुट्याउन माँग गरे ।

 

उनले स्थानीय तहले एक पालिका एक खेलमैदान,एक स्पोर्ट एकेडेमी र एक कबड हलको कार्यक्रमलाई ल्याउनुपर्ने कुरामा जोड दिए । सचिब पौडेलले खेलाडीको प्रोहत्साहनका लागि खेलाडी भत्ताको ब्यबस्था गर्न स्थानीय सरकार सग माग गरे। सिमरामा राष्ट्रिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएमा खेल क्षेत्रमा जितपुरसिमराको नयाँ पहिचान कायमहुने उनले बताए ।


जितपुरसिमरा उपमहानगर कमिटीमा अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा र रबिन्द्र खकुरेलको सहजिकरण र गणेश थपलियाको स्वागतमा सम्पन्न भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई ,युवासघका नगर अध्यक्ष आरीफ हुसैन,सेराजुल अन्सारी, मानव खनाल, आयुष न्यौपाने लगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा आ-आफ्नो धारणा ब्यक्त गरेका थिए। कार्यक्रममा अनेरास्वबियुका नगर अध्यक्ष ईश्वर बस्नेत नेकपा एमालेका नेता विनोद बस्नेत मनहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.