logo

प्रथम बीरगंज गोल्डकप फूटवल प्रतियोगिताको फाइनल शनिवार पुलीस र आर्मीको बिभागीय टिम भिड्ने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २३ गते ०८: २६ मा प्रकाशित     989   पटक पढिएको

बीरगंज । त्रिभूवन आर्मी क्लब प्रथम बीरगंज गोल्डकप फूटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबलाई १-० ले हराउदै आर्मीले फाइलनमा स्थान सुरक्षीत बनाएको हो ।

 

९० मिनेटको निर्धारितसमयको खेलमा पहिलो हाफको २२ औ मिनेटमा आर्मीका रिपु बलोनले गोल गरेका थिए । जर्सी नम्बर ३० का खेलाडी बलोनले गरेको गोल नै अन्तिम सम्म निर्णायक रहेको थियो ।


त्रिभूवन आर्मी क्लब खेल प्रारम्भ देखी नै संकटा माथि हावी भएको थियो । संकटाका खेलाडीले आर्मीको गोलपोष्टमा  बल नहानेका त होइनन तर सफलता भने पाउन सकेनन ।

 

खेलको म्यान अफ दी म्याच आर्मीका रिपु बलोन घोषित भए । उनले नगद १० हजार रपैया पुरस्कार प्राप्त गरे । बुधवार भएको खेलमा नेपाल पुलीसले आयोज भेट्रान सिटी क्लबलाई हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।


प्रतियोगितामा शनिवार फाइनल खेल हुनेछ । फाइनलमा नेपाल पुलीस र नेपाल आर्मीको बिभागिय टिमकावीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनलमा उपाधी कब्जा गर्ने टिमले ११ लाख रुपैया पुरस्कार पाउने छ । दोश्रो हुनेले ५ लाख ५५ हजार पुरस्कार पाउने छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.