logo

प्रथम बीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लब बिजयी

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १८ गते ०९: ११ मा प्रकाशित     213   पटक पढिएको

बीरगन्ज । शनिवारदेखि बीरगन्जको आदर्शनगर खेल मैदानमा शुरु भएको प्रथम बीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको बीरगंजका प्रमुख राजेशमानसिंहले एक कार्यक्रमकावीच उद्घाटन गरेका छन ।


शनिवार दिउँसो ३ः३० बजेदेखि शुरु भएको उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जले विजयी सुरुवात गरेको छ। खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफ.सी.लाई टाइबेकरमा ३ १को गोल अन्तरले पराजित गर्दै आयोजक बीरगन्जले विजयी सुरुवात गरेको हो। यो जितसंगै वीरगन्ज सेमिफाइनलमापनि प्रवेश गरेको छ।


निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेलको अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियो । टाइबेकरमा ३ १ को अन्तरले दिल्ली पराजीत भएको हो ।


प्रतियोगितामा आइतबारको खेल संकटा क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड नवलपरासीबीच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।

भेट्रान सिटी क्लबले आयोजना गरेको खेलको मुख्य प्रायोजक बीरगन्ज महानगरपालिका रहेको छ । आयोजकले गोल्डकप मधेश प्रदेशकै सबै भन्दा महगो धनराशीको भएको दावी गरेका छन् ।

प्रतियोगितामा नेपालका नेपालका ६  र भारतका २ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

समाज

निजगढ बिस्फोट, ज्यान जानेको संख्या तीन पुग्यो

निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।

लेथमेशीनमा ग्यास बिस्फोट एकको ज्यान गयो, पाँच जना घाइते, बीरगंजमा उपचार हुदै

निजगढ ।निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.