logo

अब १० वर्षपछि नेपालले फेरि टि २० विश्वकप खेल्ने,युएईसंग लियो बदला

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०६: ४४ मा प्रकाशित     424   पटक पढिएको

युएईलाई हराउँदै नेपाल सन् २०२४ मा हुने टि २० विश्वकपमा छनौट भएको छ । आज भएको टि २० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले युएईलाई ८ विकेटले हराएको हो । यससंगै नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागिता जनाउने छ ।

आजको जित संगै नेपालले दोस्रो पटक टि २० विश्वकप खेल्ने छ । नेपालले यस अघि सन् २०१४ मा टि २० विश्वकप खेलेको थियो । अब १० वर्षपछि नेपालले फेरि टि २० विश्वकप खेल्ने भएको हो ।

को को हुनेछन् विश्वकपमा नेपालको प्रतिस्पर्धी ?

सन् २०२४ को टि २० विश्वकप आगामी ४ जुन देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने छ । प्रतियोगितामा २० टिम सहभागी हुने छन्। २० टिमलाई ४ समुहमा विभाजन गरिएको छ । यसरी हरेक समुहमा ५ टिम रहने छन् । समुहमा रहेका सबै टिमले सबै टिमसँग १/१ खेल खेल्ने छन् । समुह चरणको खेल सकिएपछि हरेक समुहबाट शिर्ष २ मा रहने टिम अर्को चरण प्रवेश गर्ने छन् । यसरि कुल ८ टिम दोस्रो चरण प्रवेश गर्ने छन् ।

आगामी टि २० विश्वकप खेल्ने २० टिम मध्ये हालसम्म १८ टिमको टुंगो लागिसकेको छ । १८ टिममा आयोजकको हिसाबले अमेरिका र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै अघिल्लो टि २० विश्वकपको ८ शिर्ष टिम अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजील्याण्ड, पाकिस्तान , साउथ अफ्रीका र श्रीलंका रहेका छन् । त्यस्तै शिर्ष ८ मा नपरेका तर टि २० बरियतामा शिर्ष स्थानमा रहेका हिसाबले अफगानिस्थान र बंगलादेश पनि विश्वकपको लागि छनौट भईसकेका छन् । युरोप छनौटबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिक छनौटबाट पीएनजी, अमेरिका छनौटबाट क्यानडा, तथा एशिया छनौटबाट ओमान र नेपाल छनौट भएका छन् । अब बाँकि २ टिम अफ्रीका छनौटबाटआउने छन् । अफ्रीका छनौट प्रतियोगिता हुन बाँकि छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले समुह विभाजन गर्न भने बाँकि छ ।

युएईसँग लियो बदला

आजको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईएले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो। युएइका लागि अरविन्दले सर्वाधिक ६४ रन बनाए भने मोहम्मद वासिमले २६ रन बनाए । बलिंगतर्फ नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए। कप्तान रोहित पौडेल र सोमपाल कामीले समान १/१ विकेट लिए । युएइका २ ब्याट्सम्यान रन आउट भएका थिए।

युएईले दिएको रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो । नेपालको आशिफ शेखले ५१ बलमा सर्वाधिक ६४ रन बनाएर नट आउट रहे । कप्तान रोहित पौडेलले २० बलमा ३४ रन बनाएर नट आउट रहे। त्यस्तै कुशल भुर्तेलले ८ बलमा ११ रन र गुलशन झाले २४ बलमा २२ रन बनाए ।

आजको जित संगै नेपालले सन् २०२२ को टि २० विश्वकपमा छनौट हुन नपाएको बदला समेत लिएको छ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । आज नेपालले त्यसको समेत बदला लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.