logo

एकै खेलमा नेपालका १० दश विश्व कीर्तिमान,तोडन असम्भव

 इसीमाना सम्वाददाता     २०८० असोज १० गते ०४: १३ मा प्रकाशित     804   पटक पढिएको

काठमाण्डौ । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । नेपालले एकै खेलमा बनाएका १० दुर्लभ विश्व कीर्तिमान यस प्रकार छन् ।

१. डेथ ओभरमा सर्वाधिक रन

नेपाल टि २० आई डेथ ओभरमा एकै खेलमा सर्वाधिक रन बनाउने टोली बनेको छ । डेथ ओभर अर्थात अन्तिम ५ ओभरमा नेपालले कुल ८९ रन बनाएको थियो । यसअघि इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्ड र नर्वेले जमर्नीविरुद्ध डेथ ओभरमा सर्वाधिक ७६ रन बनाएका थिए ।

२. प्रतिओभर उच्च रन

नेपालको खेलमा रनरेट १५.७ थियो । अर्थात प्रतिओभर नेपालले औसतमा १५.७ को गतिमा रन बनाएको यो । यो टि २० आईमा उच्च रनरेट हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान १३.९ रनरेट थियो ।

३. अन्तिम १० ओभरमा सर्वाधिक रन


नेपाल क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएको छ । नेपालले अन्तिम १० ओभरमा १ सय ९२ रन बनाएको थियो ।

यसअघि टि २० क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन आइपिएलमा बेंगोरले गुजरात लायन्सविरुद्ध १ सय ७२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले केहि हप्ता अघि मात्रै अष्ट्रेलियाविरुद्ध अन्तिम १० ओभरमा ओडिआईमा १ सय ७३ रन बनाएको थियो । नेपालले उक्त कीर्तिमान तोडेको छ ।

४. दीपेन्द्र ५ सय को स्ट्राकरेटमा रन बनाउने पहिलो ब्याटर

टि २० कुनै पनि खेलमा १० बलमाथि खेल्दा ५ सयमाथि स्ट्राइक रेटमा रन जोड्ने दीपेन्द्र पहिलो खेलाडी बनेका छन् । दीपेन्द्रको खेलमा ५ सय २० को स्ट्राइकरेट थियो ।

यसअघि टि २० क्रिकेटमा १० बल खेल्दा बढी स्ट्राइक रेट २०१६ मा जिम्बावेको घरेलु टि २० क्रिकेट प्रतियोगितामा माल्कम वालरको नाममा थियो । उनले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइकरेट ४३० थियो ।
नेपालले मंगोलियाविरुद्ध बनाएका अधिकाम्स विश्व क्रिकेटमा पुन तोडिन असम्भव जस्तै देखिन्छ ।

५.तेस्रो विकेटका लागि विश्व कीर्तिमान


कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि२० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो ।

यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।टि २० इतिहासमा यो आठौं ठूलो साझेदारी हो ।

टि २० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

६. टि २० आईकै सर्वाधिक छिटो शतक


कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

७.दीपेन्द्रको दुर्लभ अर्धशतक

दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध जोडेका थिए ।

८.टि२० आईमा सर्वाधिक फराकिलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

९. एकै खेलमा इनिङमा सर्वाधिक छक्का


नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

१०.टि २० आईमा ३ सय रन बनाउने नेपाल पहिलो टोली

नेपाल टि२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टि २० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । महिला टि२० आईमामा भने बहराइनले २०२२ मा साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध २०१९ मा ३ सय १४ रन बनाएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.