logo

पर्सा क्रिकेट संघको अध्यक्षमा ईन्जिनियर सिंह सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८० सावन ३१ गते ०८: ०८ मा प्रकाशित     699   पटक पढिएको

वीरगंज । पर्सा क्रिकेटसंघको बुधवार सम्पन्न भेलाले ईन्जिनियर मनिष सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

 

समितिको उपाध्यक्षमा मुर्तुजा हवारी सचिवमा घनश्याम गुप्ता सदस्यहरुमा म.दाउद,बासु कर्ण हिरालाल राउत र बाबुजान अन्सारी लगायतका रहेका छन ।

 

क्रिकेटको बिकासकालागि संघले योजनावद्ध रुपमा काम गर्ने अध्यक्ष सिंहले प्रतिवद्धता जनाएका छन । यस अघि भेलाको बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले उद्घाटन गरेका थिए ।

 


संघको सातौ जिल्ला अधिवेशनको उद्घाटन गर्नै आलमले पर्सा क्रिकेट संघलाई आवश्यक सहयोग महानगरपालिकाले गर्न तयार रहेको बताए । विश्ववभरनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिपेक्ष्यमा वीरगंजले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नु पर्नेमा उनले जोड दिए ।


उनले अधिवेशनमा संघले विगतमा गरेका गतिविधि समेटरे सांगठानीक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष दाउद अन्सारीको अध्यक्षतामा सपन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौगाई, केन्द्रिय पर्यवेक्षक माधव करर्मचार्य लगायतको पनि सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.