logo

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि मधेशका खेल संरचना अवलोकन गर्दै खेलकुद मंत्री लिम्बु

 इसीमाना सम्वाददाता     २०८० सावन १३ गते १०: ३४ मा प्रकाशित     543   पटक पढिएको

बीरगंज । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेका छन् ।

 

दशरथ रंगशालापछिको उपत्यका बाहिरकै सबैभन्दा पूरानो रंगशालाको अवस्थाका बारेमा मन्त्री लिम्बुले स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।

 

मन्त्री लिम्बुले आगामी २०८३ सालमा हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता मधेश प्रदेशमा गर्ने तयारीका लागि यहाँका खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका लागि आएको बताए । उनकाअनुसार मधेश प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ ।

रंगशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले राजनीतिक अस्थितरताका कारण मर्मत सम्भारमा ध्यान नपुगेको बताए । उनले देशमा राजनीतिक स्थिरता कायम भए मात्र अर्थतन्त्रमा सुधार आई रंगशालाको मर्मत सम्भार हुने बिचार ब्यक्त गरे ।


मन्त्री लिम्बुले स्थानीय समुदाय, जनप्रतिनिधि र स्थानीय सरकारलाई रगंशालाको बढोत्तरी र सुधारका लागी सबैले मिलेर हातेमालो गर्न आग्रह गरेका छन ।


अनुगमनको क्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष गजेन्द्र प्रसाद पटेल, भलिबल संघका केन्द्रीय सचिव फिरोज अली, लगायतको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.