logo

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

 इसीमाना सम्वाददाता     २०७९ चैत ५ गते ०६: ०० मा प्रकाशित     737   पटक पढिएको

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।

देशभरिबाट वाह वाही पाएको नेपाली क्रिकेट टोलीका दुईजना होनहार खेलाडीहरु जसलाई आफनो गृहनगरले सम्मान गरेकोमा निकै खुशी छन ।

 

नेपाली क्रिकेटलाई बिश्वस्तरमा पु¥याउन योगदान दिएका शेख दाजुभाईलाई महानगरले चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरेको छ । साख्खै दाजुभाई आरिफ शेख र सिफ शेखको उत्कृष्ट प्रर्दशनले नेपालले विश्वकपमा क्वालिफायरमा भाग लिने भएपछि शेखद्वयका पिता र परिवारमा खुशीको सीमा छैन ।

 

शेखद्वयका पिता शेख सलामले आफना यी दुवै छोराले देशको नाम अझ उचाईमा पुरयाउदाँ आफु पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले भने,‘ मेरा यी दुई छोरा अब मेरो मात्रै छोरा रहेनन्, अब यिनीहरु यो देशकै छोरा भएका छन् ।


विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गृहनगर वीरगन्जमा आइतबार आइ पुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख (ब्याट्सम्यान) र आसिफ शेख ( ब्याट्स म्यान तथा विकेट किपर) लाई वीरगन्ज महानगरले भव्य स्वागत गरेको छ ।

महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोशल्ला ओढाएर स्वागत र सम्मान गरेका हुन् ।

 

मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोशल्ला ओढाएर सम्मानित गरे । सम्मान पछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको सम्मानले आफुहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया दिए ।

 

आसिफले भने ,‘ गहृनगरमै यति भव्य सम्मान पाउदा खुशीले मन गदगद् भएको छ , आउने दिनमा देशको नाम रोशन गर्न अझ हौंसला थपिदिएको छ ।

वीरगन्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल नागरिक अभिनन्दनको दिनमा दिने महानगर प्रमुख सिंहले बताए ।

 

मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ वीरगन्जका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगन्जवासीसंग आह्वान पनि गरे ।


आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले वीरगन्ज दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुरयाएर वीरगन्ज महानगरको नाम पनि उँचो बनाएको बताए ।


उनले वीरगन्जका दुइ खेलाडी राष्ट्रकै गहना बनेका छन् , यिनीहरुको हौसला बढाउन वीरगन्ज महानगरले कुनै कसर बाँकी राख्दैन ।

 

यसैगरि  कञ्चनपुरको भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ ।

 

क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.