logo

कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लब उचाल्यो

 इसीमाना सम्वाददाता     २०७९ चैत ४ गते ०९: ०७ मा प्रकाशित     851   पटक पढिएको

वीरगन्ज। कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ ।


परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधी उचालेको हो ।


प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब बिजयी भएको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए ।


प्रतियोगितामा विजेता वीरगन्ज युनाईटड क्लबले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको छ । विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए ।


भने उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।


खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटेड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए ।


प्रतियोगीतामा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन । यस्तै जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए ।


जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वीरगन्ज युनाईटेड क्लब वीरगन्जका वेस्ट कोचको पुरस्कार मुना चौधरीले पाए ।
प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.