logo

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

 इसीमाना सम्वाददाता     २०७८ चैत २५ गते ०८: ३२ मा प्रकाशित     1265   पटक पढिएको

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

 

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब सहित नेपालका ९ भारतका ३ र बंगालदेशको एउटा टिमले प्रतिस्पर्धामा भाग लिन्छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ४१ केजी तौल देखी ७४ केजी तौल समुहका खेलाडीहरुको सहभागिता रहने पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनु भयो ।

 

प्रतियोगितामा खेलाडी, रेफ्री र प्रशिक्षक गरि करिब ३ सय जनाको सहभागीता रहेको संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक बिरेन्द्र पटेलले बताउनु भयो । पटेलका अुनसार अगामी १४ औं साग खेलकुद प्रतियोगिता र इन्डोनेसियामा हुने १९ औं एसियन खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै वीरगन्जमै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको हो ।

 

प्रतियोगिताको उद्घाटन समारोहमा मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेश्वर साह तेली, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, प्राध्यापक डा. दीपक शाक्य, वडा अध्यक्ष रामनगीना साह कानु, एमाले नेता शिव पटेल लायगतले शुभकामना ब्यक्त गरेका थिए ।


प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमश ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार दिइने समितिका वरिष्ठ सल्लाहकार निशान्त लामिछानेले बताउनु भयो । यस्तै प्रतियोगिताको वेस्ट फाइटर महिला र पुरुषलाई २५र२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन हुनुअघि सहभागी भएका सबै खेलाडी, रेफ्री, प्रशिक्षक, आयोजक र अतिथिले नगरसभा गृहबाट घन्टाघरसम्म पीस मार्च र्‍याली निकालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

विपद्मा परिचालन हुने  स्वयंसेवककालागि विस्तारित पुनर्ताजगी तालिम सम्पन्न

वीरगञ्ज ।  मनसुनजन्य तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर  पर्साले सञ्चालन गरेको तीनदिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सम्पन्न भएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.