logo

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

 इसीमाना सम्वाददाता     २०७८ चैत २५ गते ०८: ३२ मा प्रकाशित     1156   पटक पढिएको

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

 

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब सहित नेपालका ९ भारतका ३ र बंगालदेशको एउटा टिमले प्रतिस्पर्धामा भाग लिन्छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ४१ केजी तौल देखी ७४ केजी तौल समुहका खेलाडीहरुको सहभागिता रहने पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनु भयो ।

 

प्रतियोगितामा खेलाडी, रेफ्री र प्रशिक्षक गरि करिब ३ सय जनाको सहभागीता रहेको संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक बिरेन्द्र पटेलले बताउनु भयो । पटेलका अुनसार अगामी १४ औं साग खेलकुद प्रतियोगिता र इन्डोनेसियामा हुने १९ औं एसियन खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै वीरगन्जमै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको हो ।

 

प्रतियोगिताको उद्घाटन समारोहमा मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेश्वर साह तेली, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, प्राध्यापक डा. दीपक शाक्य, वडा अध्यक्ष रामनगीना साह कानु, एमाले नेता शिव पटेल लायगतले शुभकामना ब्यक्त गरेका थिए ।


प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमश ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार दिइने समितिका वरिष्ठ सल्लाहकार निशान्त लामिछानेले बताउनु भयो । यस्तै प्रतियोगिताको वेस्ट फाइटर महिला र पुरुषलाई २५र२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन हुनुअघि सहभागी भएका सबै खेलाडी, रेफ्री, प्रशिक्षक, आयोजक र अतिथिले नगरसभा गृहबाट घन्टाघरसम्म पीस मार्च र्‍याली निकालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.