logo

बाग्मतीलाई पन्छाउदै एपीएफ फाईनलमा

 इसीमाना सम्बाददाता     २०७८ चैत १८ गते १२: ३२ मा प्रकाशित     1167   पटक पढिएको

विभागिय टिम नेपाल एपीएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईनल खेलमा सर्लाहीको बाग्मती युवा क्लबाई ४ १ ले पन्छाउदै एपीएफ फाईनलमा प्रवेश गरेको छ ।


एपीएफले अब उपाधीका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिवार खेल्नेछ । आयोजकलाई ३ २ ले पराजित गर्दै एनआरटी यसअघिनै प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । फाईनल यात्रा तय गर्ने क्रममा एपीएफका लागि अर्माण्ड बेडमले दुई गोल गरे भने सविन गुरुङ र प्रदीप लामाले एकएक गोल गरे । बाग्मतीका लागि भने अनिल राना मगरले गोल फर्काए ।


बाग्मतीमाथी सहज जित हात पार्ने क्रममा एपीएफले खेलको १२औं मिनेटमा सविन गु?»को गोलबाट अग्रता लिएको थियो । डिबक्स भित्र पाएको बललाई सविनले गोल गरेका थिए । बाग्मतीको रक्षापंक्ती सम्हालिन नसक्दा सविनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।


बिएफसी चितवनलाई २ १ र साविक बिजेता संकटा क्लबलाई १ ० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको बाग्मतीलाई उपाधी दावेदारका रुपमा हेरिएको थियो । तर महत्वपूर्ण सेमिफाईनल खेलमा ए डिभिजनको विभागिय टिम एपीएफसंग आकर्षक खेल प्रदर्शन गर्न नसकेपछि बाग्मती अन्तिम चारबाटै घर फर्कन बाध्य भएको हो ।


खेलको सु?वातमै अग्रता लिएको एपीएफले खेलको १६औं मिनेटमा दोस्रो गोल गरेको थियो । अर्माण्ड बेडमले एपीएफका लागि गोल गर्दै खेल २ ० को स्थितीमा पु¥याएका थिए । अघिल्ला दुई खेलमा आकर्षक खेल प्रदर्शन गर्दै घरेलु दर्शकको मन जितेको बाग्मतीले एपीएफवि?द्ध राम्रो सु?वात गर्न सकेन् ।
सु?वातदेखीनै तालमेलको खोजीमा रहेको बाग्मतीवि?द्ध एपीएफले दवाव कायम राख्दै स्कोर निकालेको थियो । एपीएफवि?द्ध दुई गोलले पछि परेपछि दवावमा देखिएको बाग्मतीले खेलको ३६औं मिनेटमा गोल गर्न अवसर गुमाएको थियो ।

 

बाग्मतीका कोएरा फ्लोरेन्टले मिलाएको पासलाई सदुपयोग गर्न दीपेश चाम्लि राई चुके । डिबक्स भित्र पाएको उत्कृष्ट अवसर सदुपयोग गर्न दीपेश असफल देखिए । उनको प्रहार क्रसबार माथीबाट बाहिरियो ।


त्यसलगत्तै बनाएको अर्को अवसरमा भने बाग्मती सफल भयो । अनिल राना मगरले उत्कृष्ट गोल गर्दै बाग्मतीलाई खेलमा फर्काउने प्रयास गरे । उनको प्रहारलाई नियन्त्रणमा लिन एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए् ।


हिमालयन शेर्पाविरुद्ध ३ २ को जित निकाल्दै सेमिफाईनल प्रवेश गरको एपीएफले पहिलो हाफको ईन्जुरी समयमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेन् । बाग्मतीबाट खेलेका थ्रिस्टारका गोलरक्षक प्रिसोले बिके तामा»लाई लडाएपछि रेफ्री प्रकाशननाथ श्रेष्ठले एपीएफलाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा एपीएफका आभाष लामिछाने गोल गर्न चुके । उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।


पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाएको एपीएफले खेलको ७९औं मिनेटमा तेस्रो गोल थपेको थियो । अर्माण्ड बेडमले उत्कृष्ट हेडमार्फत गोल गर्दै एपीएफलाई ३ १ को स्थितीमा पु¥याएका हुन् । टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका अर्माण्डको हेडर प्रशंसा गर्न लायक थियो । जारी प्रतियोगितामा बेडमको यो तेस्रो गोल हो । बेडमले यसअघि शेर्पावि?द्ध पनि एक गोल गरेका थिए ।


दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि फिनिसि»मा चुकेको बाग्मतीले खेलको ८३औं मिनेटमा चौथो गोल खान पुग्यो । एपीएफका प्रदीप लामाले डिबक्स भित्र प्राप्त बललाई गोलमा परिणत गरे । उनको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।


खेलको अन्तिम समयमा लगातार दुई गोल खाएपछि दवावमा परेको बाग्मतीले अन्ततः ४१ पराजय आत्मसाथ गर्न बाध्य भयो । एपीएफको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।


एपीएफ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि दोस्रो संस्करणमा फाईनलमा प्रवेश गरेको एपीएफ हिमालय शेर्पासंग पराजित हुँदा उपविजेता बनेको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.